भारत डरलाग्दो सामाजिक अपराध

एक व्यक्तिबाट पाँचसय बालिका बलात्कार

प्रकाशित मिति: 2017-01-17

भारतमा एक अभियुक्तले पाँचसय बालिकालाई बलात्कार गरेको डरलाग्दो सामाजिक अपराधको घटना सार्बजनिक भएको छ ।

प्रहरीले हालै शृंखलावद्ध बलात्कारमा संलग्न रहेको अरोपमा ३८ वर्षीय सुनिल रस्तोगीलाई पक्राउ गरेपछि यस्तो डरलाग्दो घटना सार्वजनिक भएको हो ।

उनले १२ वर्ष यता ५ सय भन्दा बढी बालिकालाई बलात्कार गरेको स्वीकार गरेका छन् । यसबीचमा उनी एक पटकमात्र पक्राउ परेका भए पनि ६ महिनापछि रिहा भएका थिए ।

त्यसपछि उनले पुनः यस्ता घटना दोहो¥याएको बताइएको छ । सुनिलले २ हजार पाँच सयभन्दा बढी बालिकालाई बलात्कारको प्रयास गरेको र पाँच सयभन्दा बढीलाई बलात्कार गरेको बताइएको छ ।

सन् २००६ मा उनी एउटा घटनामा पक्राउ परेका थिए । ६ महिनाका लागि उनी उत्तराखण्डको रुद्रपुरस्थिल जेलमा थुनिएका थिए ।

जेलबाट रिहा भएपछि उनी फेरि बलात्कारमा सक्रिय भएको प्रहरीले जनाएको छ ।

पूर्वी दिल्लीमा एउटा टेलरमा काम गर्ने उनले १२ वर्षमा दिल्ली, गाजियावाद र रुद्रपुरमा बालिकालाई यौनशोषण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

 

तपाईंको बिचार