राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुमको बिहे आज

प्रकाशित मिति: 2017-01-16

राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको आज बिहे हुँदैछ ।

शितल निवासमै हुने बिहे महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा अभिशेक यादवसँग हुन लागेको हो । अभिशेष पूर्व राष्ट्रपति डा रामवरण यादवका नाति (भतिजी किरण यादवका छोरा) हुन् ।

बिहे बिहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा राखिएको राष्ट्रपति कार्यालयका जनसम्पर्क सचिव जीवछ साहले जानकारी दिनुभयो । विवाहलाई संक्षिप्त र तामझाम नगरी गर्ने तयारी दुवै पक्षले गरेको जनाइएको छ ।

सामाजिक सुधार ऐनअनुसार नै बिहे गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ । बिहेमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधिस र मन्त्री तथा राजनीतिक दलका प्रमुखहरुलाई यसअघि नै बोलाइएको छ भने कुटनितिक नियोगका अधिकारीहरुलाई पनि परराष्ट्र मन्त्रालयमार्फत निम्ता पठाइएको छ ।

विहेमा आउनेलाई उपहार स्वरुपमा कुनै जिन्सी र नगदसमेद नदिन निमन्त्रणा कार्डमै भनिएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् ।

जेठी छोरी उषाको बिहे भइसकेको छ । निशा र अभिषेक विद्यालय पढ्दादेखिकै सहपाठी हुन् । उनीहरुको दुई महिनाअघि टिकाटालो भएको थियो ।

 

तपाईंको बिचार