काठमाण्डु । सामुदायिक सुचना नेटवर्कका समाचार प्रमुख गोविन्द खड्काका स्वर्गिय आमा विष्णा देवी खड्काको नाममा विष्णादेवी जेहेन्दार अक्षयकोषको स्थापना भएको छ ।
खड्काका आमा विष्णा देवीको ४५ दिनको पुण्य तिथिको अवसरमा आज अछाममा १ लाखको जेहेन्दार अक्षयकोषको स्थापना भएको हो ।
नन्देश्वरी उच्च मावि षोडशादेवी अछामका व्यवस्थापन समिति अध्यक्ष डिरण्ड प्रसाद भट्टराईको अध्यक्षतामा कोष गठन भएको खड्काले जानकारी दिनुभयो ।
कोषलाई बढाएर ५ लाख पुर्याउने र त्यसको व्याजबाट हरेक बर्ष मिहनेती, जेहेन्दार तथा गरिब परिवारका २ जना विद्यार्थीलाई छात्रबृत्ती प्रदान गर्ने खड्काले बताउनुभयो । खड्का परिवार र विद्यालय व्यवस्थान समितिका अध्यक्ष दुबैको हस्ताक्षर चल्ने गरि कोषको सञ्चालन गरिने छ ।
तपाईंको बिचार