सौराहामा बढेनन् पर्यटक

मुग्लिन नारायणघाट सडक खण्ड मुख्य कारण

प्रकाशित मिति: 2017-02-08
सोबिता रिसाल

चितवन । तपाई काठमाडौको कंलकीबाट गाडी चढ्नुभयो भने कति घण्टामा चितवन पुग्नुहोला ? सरासर गाडी चले ५ घण्टामा चितवन झरिसक्नुहुन्छ । तर हिजो, आज मुग्लिन नारायणघाट सडकखण्ड बिग्रिएका कारण घण्टौ जाममा बस्नुपर्छ ।  

मुग्लिन नारायणघाट खडक खण्ड बिग्रिएका कारण दैनिक यात्रुलाई त सास्ती छदैछ, पर्यटन व्यवसायिलाई पनि घाटा परेको छ । सडक मार्ग हुदै चितवनको सौराहा पुग्ने पर्यटकहरुको सङख्या अहिले निकै कम भएको छ ।

सौराहामा बिगत १२ बर्ष देखि पर्यटन व्यवसाय गर्दै आउनुभएका व्यवसायी बिनोद खनाल मुग्लिन नारायणघाट सडकखण्डको जाम र दिग्दारी छिचोलेर सौराहा पुग्नेहरु कम भएको अनुभव सुनाउनुहुन्छ । उहाँका अनुसार विशेषगरी मुग्लिन नारायणघाट हुदै सौराहा घुम्न आउने चिनिया पर्यटकहरु असाध्यै कम भएका छन् । 

सौराहा । चितवनको पर्यटकिय नगरि । जहाँ भुकम्प र नाकाबन्दी अघि दैनिक हजारौ पर्यटक पुग्थे, होटलहरु खचाखच हुन्थे । सौराहाका पर्यटक प्रर्दशक तथा व्यवसायि डोमा पौडेल पनि सडककै कारण पर्यटक भने जति आउन नसकेको बताउनु हुन्छ  । भूकम्प अघि सौराहामा पर्यटक धेरै हुन्थे, तर भूकम्प त्यसपछि नाकाबन्दी र अहिले बिग्रिएको मुग्लिन, नारायणघाट सडकखण्डको कारण पर्यटक कम भएका छन्, डोमाले भन्नुभयो । 

पर्यटक  घट्दा ठुला व्यवसायिदेखी सामान्य व्यबसाय गर्नेहरु पनि प्रभावित हुने गरेका छन् । टांगा चलाउनेहरुले पनि भने जति पर्यटक पाउन सकेका छैनन्  । ६ बर्ष देखि टांगा चलाउदै आउनुभएका एक व्यवसायि पनि हिजोआज सौराहामा विदेशी पर्यटक पाउन छोडेको गूनासो गर्नुहुन्छ । 

सौराहामा जंगल सफारी गर्नेहरु पनि घटेका छन् । बाह्य मात्रै होईन आन्तरिक पर्यटक पनि कम भएको छ । मुग्लिन नारायणघाट सडक बिग्रिएकाले चितवन जाने पर्यटक बाटो मोडेर पोखरा तर्फ पनि बढेका छन् । सौराहाकै अर्का व्यबसायी प्रशान्त लामिछानेले सौराहामा नै व्यापार थाल्नुभएको १० बर्ष भयो । तर पछिल्लो २ बर्ष यता सौराहाको व्यापार घटेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार विदेशी मात्रै होईन स्वदेशी पर्यटकहरु पनि घटेका छन् । 

बिभिन्न कारणले सौराहामा ७० प्रतिशत पर्यटक घटेको व्यवसायिहरुले बताउदै गर्दा सरकारले देशमा पर्यटक घट्नुका यस्ता कारणहरुको अध्ययन गरेर, पर्यटकलाई आकर्षण गर्ने, पुरै समय टिकाउने निति अपनाउनु पर्दछ । 

 

तपाईंको बिचार