बन्दको प्रभाव न्यून, उपत्यकामा सार्वजनिक यातायात पनि चल्न थाले

सदूरपश्चिममा बन्द, नाकामा नेपालीको विरोध

प्रकाशित मिति: 2017-03-10

सप्तरी घटनाको विरोध र संविधान संसोधन गर्न माग गर्दै मधेसी मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कम हुँदै गएको छ । 

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरु चल्ने क्रम बढ्दै गएको छ ।

बिहान सार्वजनिक सवारी साधन कम चले पनि अहिले भने बढ्दै गएको महानगरीय ट्राफिक कार्यालयले जानकारी दिनएको छ ।

ठूला सवारी भने कम चलेका छन् । लामो दुरीका सवारी साधन भने खासै चलेका छैनन् ।

प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको बन्दबाट मधेसमा बढी प्रभाव परेको त्यहाँका सामुायिक रेडियोले खबर पठाएका छन् ।  

सदूरपश्चिममा बन्द, नाकामा नेपालीको विरोध 
देवानन्द न्यौपाने, रेडियो पश्चिम आवाज, लम्की कैलाली 

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर कञ्चनपुरको पुनर्वासमा एक जनाको मृत्यु भएको घटनाको विरोध गदै आज सुदुरपश्चिम बन्द आब्हान गरीएको छ । 

बन्दका कारण कारण विहानैदेखि जिल्ला भित्र र सुदुरपश्चिमका कैलाली कञ्चनपुरलगायत जिल्लामा यातायात सेवा ठप्प भएको छ भने विभिन्न मुख्य बजार तथा उद्योग कलकारखाना, शैक्षिक संस्था भने ठप्प भएको छ ।

स्थानीय नागरिकले कैलाली र कञ्चनपुरका नेपाल भारत सिमा नाकामा पनि विरोध प्रदर्शन गरेका छन् ।

तपाईंको बिचार