सुदुरपश्चिमका प्राय प्रत्येक घरका पुरुषहरु रोजगारीका लागि भारत वा अन्य देश जाने गरेका छन् । घर व्यवहार सबै महिलाहरुले धान्छन् । तर महिलाहरुले गर्ने घरायसी कामको मूल्याङकन हुदैन । कार्यालय वा कारखानामा काम गर्ने पुरुषहरुको तुलनामा घर धान्ने महिलाहरुको मेहनेत र दुःख धेरै हुने तर मुल्याङक किन नहुने ? महिलाहरुको गूनासो छ ।
पुरा समाचारभक्तपुर । भक्तपुरका ऐतिहासिक साँस्कृतिक सम्पदाको पुननिर्माणले गति लिएको छ । २०७२ सालको भूकम्पमा भत्किएका भक्तपुर नगरपालिका क्षेत्रका दरबार प्रवेश द्धार, हरिहर नारायण, शंखर नारायण, बद्री नारायण मन्दिर, सिद्ध पोखरीको पर्खाल र फसिदेग मन्दिरको पुननिर्माण सकिएको छ ।
पुरा समाचारललितपुर । मध्य दिउँसो, बेस्सरी हावा चलिरहेको छ । ललितपुर हरिसिद्धिको एउटा इट्टाभट्टा टाढैबाट धुलो उडिरहेको देखिन्छ । नजिक पुगेर हेर्दा काम गरिरहेकाहरु धुलाम्य थिए । आखाँका परेलासम्म धुलो । आँखा चिम्रा पार्दै मजदुरहरु काम गरिरहेका छन् ।
पुरा समाचारदाईजो, बालविवाह विरुद्धमा आवाज उठाउँजस्तो त लाग्छ काजलले भन्नुभयो, तर समाजले राम्रो मान्दैन, फलानाकी छोरी पढेर झन् समाजविरुद्ध बोल्ने भई भन्छन् त्यसैले आमावुवाले जे भन्नुहुन्छ त्यही मान्नुपर्छ । समाजका कुरितिका विरुद्धमा केही आवाज उठाए पनि फलानाकी छोरी भनेर उल्टै कुरा काट्ने काम हुन्छ, काजल भन्नुहुन्छ त्यसैले पनि पढेलेखेका धेरै युवतीहरु यसविरुद्ध बोल्न सक्दैनन् ।
पुरा समाचारसरकारले महिलाको नाममा घरजग्गा पास गर्दा राजश्वमा पचास प्रतिशत छुट गर्ने ब्यवस्था गरेको छ । जिल्ला मालपोत कार्यालय जुम्लाका निमित्त प्रमुख रामलाल प्याकुरेलले भन्नुभयो, ‘जुम्लाका महिलाले आफ्नै नाममा घर र जग्गा पास गर्न थालेसँगै राजश्व सङ्कलनमा पनि वृद्धि भएको छ ।’
पुरा समाचारयस्ता घटनाले महिलामाथि हुने हिंसाको दर्दनाक अवस्थालाई देखाएको भन्दै ओरेकले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
पुरा समाचारताप्लेजुङको फुङ्लिङमा हिजो दिउँसो आगलागी हुँदा दुई घर जलेर नष्ट भएकोे थियो । आगलागीबाट करिव २६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पुरा समाचारमौसमविद् शान्ति कँणेलका अनुसार हिउँदको सुरुवाती महिनामा नै पानी पर्ने भए पनि यसपाली केही ढिलो गरी वर्षा भएको हो ।
पुरा समाचारफक्ताङ्लुङ गाउँपालिकाका वडा सचिव पवनकुमार देवले प्रयोग गर्ने मे १ ब ३१३ नंबरको सरकारी मोटरसाईकल आज बिना पास अर्कै व्यक्तिले प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरिएको ईन्चार्ज न्यौपानेले जानकारी दिनुभएको छ ।
पुरा समाचारसंविधानको १२८ को उपधारा ४ ले अदालतको अपहेलना सम्बन्धि केही बोल्न खोजेको छ तर प्रष्ट पारेको छैन । १ सय २८ धारमा मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालन गर्नु पर्ने उल्लेख छ । संविधानको यस धारा अनुसार अदालतबाट फैसला भएका वा आदेश भएका बिषयमा पुनः प्रश्न उठाउन पाइदैन । यदी यसमा प्रश्न उठाए त्यो अदालतको अपहेलना अन्र्तगत पर्ने बताउनुहुन्छ, संविधानविद डाक्टर चन्द्रकान्त ज्ञवाली । उहाँका अनुसार यो विश्वव्यापी मान्यता हो । तर अदालतको अपहेलान भयो वा भएन भन्ने ठहर भने अध्ययनपछि मात्रै हुन्छ ।
पुरा समाचार