काठमाडौं । नयाँ संविधान कार्यान्वयनको सुरुवातसँगै १ सय १० नयाँ ऐन बनाउनुपर्ने भएको छ । नयाँ संविधानसँगै थपिएका संवैधानिक निकायदेखि नागरिकतासम्बन्धी नयाँ ऐन बनाउनुपर्ने छ । ३ सय १५ वटा विद्यमान कानुन संसोधन गर्नेपर्ने भएको छ ।
पुरा समाचारएमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा भारी मतले आइतवार विजयी भएका छन् । आकस्मिक रुपमा उम्मेदवार बनेका कांग्रेस सभापति एवं निर्वतमान प्रधानमन्त्री सुशील कोइरालालाई ८९ मतले पछि पार्दै ओली निर्वाचित भएका हुन् ।
पुरा समाचारसर्लाहीका आकांक्षा भट्टराई चिठी पढे लेखेकै भरमा पैसा पनि कमाउनुहुन्थ्यो । चिठी लेख्दा, पढ्दा नै फुर्सद हुँदैन थियो । गाउँमा पढेलेखेको मान्छे कम, हुलाकबाट आउने चिठी उहाँका लागि आम्दानी गर्ने बाटो नै बनेको थियो ।
पुरा समाचारसामुदायिक रेडियो प्रसारक संघ अकोराव) नेपालको ११औँ सधारणासभा तथा रेडियोहरुको राष्ट्रिय सम्मेलन चितवनको पर्यटकीय नगरी सौराहामा सुरु भएको छ । देशभरीका रेडियोहरु सहभागि साधारणासभाको सभामुख सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नुभएको छ ।
पुरा समाचारराष्ट्रपति रामवरण यादवले सहमतीय सरकारका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको अनुरोधलगत्तै प्रधानमन्त्रीले एक साताको समय दिंदै सहमतिको सरकारका लागि दलहरुलाई आह्वान गरेका छन् । सोही दिन देखि सरकार गठनको प्रक्रिया पनि शुरु हुने छ । अहिले सम्मको राजनितिक समिकरण अनुसार कुन प्रक्रियामा को बन्ला ?
पुरा समाचारकाठमाडौं ९ असोज । शिक्षा मन्त्रालय र नेपाल पत्रकार महासंघले हरेक वर्ष प्रदान गर्दै आएको शिक्षा पत्रकारिता पुरस्कारअन्तर्गत संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७१ तर्फ एफएमहरुलाई दिइने पुरस्कार सबै सामुदायिक रेडियोहरुले प्राप्त गरेका छन् ।
पुरा समाचारकञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ मा निर्माण भइरहेको फुलेली खानेपानी तथा सरसफाइ आयोजनाको कार्य अन्तिम चरणमा पुगेको छ ।
पुरा समाचारमदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजय कुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ गुठीको शुक्रबार बसेको बैठकले खुसीलाई वर्ष २०७१ को उत्कृष्ट कृति ठहर गर्दै पुरस्कार दिने निर्णय गरेको हो ।
पुरा समाचारअन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि मनाइदैछ । ‘शान्तिका लागि सहकार्य सबैका लागि सम्मान’ भन्ने नाराका साथ शान्ति दिवस मनाउन मनाईंन लागेको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरेको छ । संविधान जारी भएसँगै नेपालमा शान्ति प्रक्रिया निस्कर्षमा पुगेकाले आज थप उल्लासका साथ मनाइँदैछ । राष्ट्रसंघको ५६ औँ वार्षिक साधारण सभाले प्रस्ताव पारित गरी विश्वव्यापी रुपमा हिंसा र युद्धको समाप्तिको दिनको रुपमा आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेपछि नेपालले २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो
पुरा समाचारनयाँ संविधान जारी भएको २ घण्टा नवित्दै हिजो महोत्तरी क्षेत्र नं. ६ का सभासद सिताराम भण्डारीको घरमा केही अज्ञात व्यक्तिको समुहले आगजनी गरेका छन् । गएराति ८ बजे आधा दर्जनभन्दा बढी मोटरसाईकलमा आएका अज्ञात व्यक्तिका समुहहरुले सभासद भण्डारीको निजी निवास भरतपुरमा रहेको पुख्र्यौली घरमा आगजनी गरेका हुन
पुरा समाचार