एफएमहरुलाई दिइने संस्थागत शिक्षा पत्रकारिता पुरस्कार सबै सामुदायिक रेडियोलाई

प्रकाशित मिति: 2015-09-26


काठमाडौं ९ असोज । शिक्षा मन्त्रालय र नेपाल पत्रकार महासंघले हरेक वर्ष प्रदान गर्दै आएको शिक्षा पत्रकारिता पुरस्कारअन्तर्गत संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७१ तर्फ एफएमहरुलाई दिइने पुरस्कार सबै सामुदायिक रेडियोहरुले प्राप्त गरेका छन् ।

उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ तर्फ पुर्वाञ्चलबाट गणतन्त्र एफएम ९५.१ मेघाहर्ज (सुनसरी) मध्यमाञ्चल– रेडियो सिन्धुलीगढी ९२ मेघाहर्ज (सिन्धुली), उपत्यका– मेरो एफएम ९३.५ (काठमाडौं), पश्चिमाञ्चल– रेडियो शालिग्राम १००.६ मेघाहर्ज (पर्वत), मध्यपश्चिमाञ्चल– थारुभाषी एफएम गुर्वावा (बर्दिया) र सुदूरपश्चिमबाट संयुक्त रुपमा टीकापुर एफएम १०१ मेघाहर्ज (कैलाली) र नयाँ नेपाल १०४.५ मेघाहर्ज (दार्चुला) लाई प्रदान गरिएको छ ।

२० हजार रुपैयाँ राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको महासंघले जनाएको छ ।ा विपरित किन आए अचानक प्लेन चढेर काठमाडौं

तपाईंको बिचार