चैतको महिना । स्कूलको वार्षिक परीक्षा सकेर बसेको, फुर्सदिलो समय, बिहानीको मौसम । पीँढीको खाटमा पल्टिएर रेडियो सुन्दै थिएँ ।
आमा आगनमा बसेर तोरी केलाउदै हुनुहुन्थ्यो । पोखरातिरको एउटा एफएम रेडियोबाट लोक गीतको कार्यक्रम प्रसारण भइरहेको थियो । कार्यक्रम चलाउने महिला थिइन् तर नाम याद भएन । म ध्यानमग्न भएर सुनिरहेको थिएँ ।
आमाको ध्यान रेडियोमा भन्दा तोरीमा थियो सायद । त्यतिबेलै आमालाई भनेको थिएँ, ‘भोलिपर्सि म नि रेडियोमा बोल्ने मान्छे हुने हो नि ! आमा ।
अरु कुरामा छिटै प्रतिक्रिया नजनाउने आमाले फ्याट्ट भन्नुभयो, ‘धत् छोरी मान्छे भएर पनि रेडियोमा बोल्छन् ? लौ, भर्खर बोलिरनी मान्छे नि छोरी नै हुन् । छोरीहरूले नसक्ने केही छैन आमा ।’ त्यतिबेला स्कूलमा रटेको छोराछोरी बराबरीको लामो रटान आमालाई सुनाएकी थिएँ । र सुनाएकी थिएँ एउटा अठोट, पढ्ने पत्रकारिता बोल्ने रेडियोमा ।
घरमा बस्दा त रेडियो बजेको बज्यै हुन्थ्यो । अहिलेको जस्तो समय र ज्ञान कहाँ थियो र ? रेडियोका कार्यक्रम छानेर सुन्ने वा समय अनुसार सुन्ने भन्ने हुदैनथ्यो । जे दिन्छ रेडियोले सबै सुन्ने । विद्यालयकालीन समयमा नै रेडियो जीवनको आदत बनेको थियो । रेडियोसँग जोडिएको यही मित्रताले नै सायद रेडियोकर्मी बन्न प्रेरित गरेको हुनुपर्छ ।
त्यसको झण्डै १५ वर्षपछि अहिले सम्झन्छु, हो त्यतिबेला रेडियोमा बोल्ने विषय बृहत् मुस्किल थियो । त्यो पनि म जस्तो गाउँमा जन्मे हुर्केको मान्छेको लागि ।
अझ छोरी मान्छेको लागि । बिहानैदेखि मध्य रातसम्म रेडियोमा महिलाहरूको आवाज बजिरहँदा आमालाई त्यतिबेला लागेको हुँदो हो, ‘रेडियोमा बोल्ने छोरीहरू कहाँ बस्लान्, बस्ने कहाँ ? न रात, बिरात, न बिहान, यो त कसरी सम्भव होला र ?’
चितवन, पोखरा र पाप्पाका रेडियोहरू गाउँमा स्पष्ट सुनिन्थे । गोरखामा रेडियोहरू खुलिसकेका थिएनन् । ६१/६२ सालतिरको समय यस्तो पनि थियो, झण्डै आधा दर्जन रेडियोमा बिहानदेखि रातिसम्म प्रत्येक दिन बज्ने कार्यक्रमहरू कण्ठस्थै हुन्थे ।
कार्यक्रम चलाउने मान्छेदेखि समाचारवाचक र विज्ञापनसम्म पनि कण्ठ गरियो । गरियो होइन, भयो भन्नुपर्यो । अर्थात रेडियो आदत बन्यो । स्कूलको समयबाहेक हर समय रेडियो साथमा नै हुन्थ्यो । गोठमा जाँदा होस् कि गोठालो जाँदा । घाँस काट्न जाँदा होस् कि तरकारीमा पानी लगाउँदा ।
घरमा बस्दा त रेडियो बजेको बज्यै हुन्थ्यो । अहिलेको जस्तो समय र ज्ञान कहाँ थियो र ? रेडियोका कार्यक्रम छानेर सुन्ने वा समय अनुसार सुन्ने भन्ने हुदैनथ्यो । जे दिन्छ रेडियोले सबै सुन्ने । विद्यालयकालीन समयमा नै रेडियो जीवनको आदत बनेको थियो । रेडियोसँग जोडिएको यही मित्रताले नै सायद रेडियोकर्मी बन्न प्रेरित गरेको हुनुपर्छ ।
८ वर्ष यता म आफैँ रेडियोमा बोल्छु । ‘तर रेडियो सुन्नेहरू मैले रेडियो सुन्ने समयका जति नै सक्रिय होलान् ? मैले वा मेरो समयका साथीहरूले जसरी रेडियो सुन्ने स्रोताहरू अहिले होलान् ? जसरी मैले चाख मानेर समाचार र समाचारमूलक कार्यक्रमहरू सुन्ने गरेको थिएँ, मैले बनाएका कार्यक्रम र समाचार स्रोताहरूले उस्तै चाख दिएर सुन्लान् त ?’
अक्सर मेरा मनमा यस्ता प्रश्न उब्जिरहन्छन् । रिर्पोटिङका लागि समुदायमा पुग्दा भेटेजतिलाई सोध्छु, ‘रेडियो कत्तिको सुन्नुहुन्छ ?’
शेयरकाष्टले गरेको अध्ययन अनुसार नेपालका ५१ प्रतिशतको घरमा रेडियो छ । उनीहरुले पक्कै रेडियो सुन्छन् । तर, रेडियो प्रसारणको सुरुवाती अवस्थाको जस्तो चार्म वा आकषर्ण कम भएको छ । लक्षित स्रोताहरू बढेका छन् ।
गाउँमा बिजुली बलेन रेडियोमा फोन, गाउँमा बाटो पुगेन रेडियोमा फोन, पिउने पानीको अभाव भयो सम्बन्धित निकायलाई सुनाइदिनु भन्दै रेडियोमा गूनासो, गाँउनगरमा आर्थिक अनियमितताको आशङ्का भयो खोजिदिन भन्दै रेडियोमा फोन । कति हो कति । अहिले रेडियोमा स्रोताहरूको पहुँच पनि बढेको छ ।
आफूलाई चाहिने सूचना, जानकारी वा मनोरञ्जनमूलक कार्यक्रमहरू मात्रै स्रोताको रोजाइमा पर्ने गरेको छ । दिनभरि रेडियो सुनेर बस्ने स्रोताहरू कम हुँदै गएका छन् । लक्षित कार्यक्रमका लक्षित स्रोताहरू छन् । उनीहरू रेडियो सुन्छन् ।
प्रत्यक्ष नपाए अर्काइभमा गएर पनि कार्यक्रमहरू सुन्छन् । समाचार र कार्यक्रमका विषयलाई लिएर सीआईएनको समाचार कक्षमा आइरहने स्रोताहरूको टेलिफोनका आधारमा मैले यति भनेको हुँ ।
सञ्चार र प्रविधिमा देशले फड्को मारेसँगै आमसञ्चारका माध्यमहरू बढेका छन् । नागरिकलाई शिक्षा, सूचना, जानकारी र मनोरञ्जन दिने आमसञ्चारका स्वरुपहरू फेरिएका छन् । जसरी हाम्रो समयमा रेडियो सूचनाको निर्विकल्प साधन थियो, अहिले विल्पहरू छन् । हात हातमा मोबाईल, इमेलइन्टरनेटले रेडियोलाई चुनौति थपेको छ । समयले कोल्टे फेरेको भनेको यहि हो सायद ।
अहिले सामुदायिक र निजी गरी झण्डै ६ सय रेडियो प्रसारणमा रहेका छन् । पक्कै पनि, गाउँ गाउँमा खुलेका सामुदायिक रेडियो विकास र सञ्चारको साझेदार बनेका छन् । विभेद्, असमानता, गरिबीको विरुद्धमा रेडियोको आवाज बुलन्द छ ।
रेडियो आवाजविहीनहरूको आवाज केही हदसम्म भए पनि बनेको छ । गाउँ, ठाउँमा परेका असजिलाहरू सुनाउने एउटा मात्रै मञ्च रेडियो बनेको छ ।
रेडियो क्षेत्रमा भित्रिएको प्रविधिको हिसाब गर्दा त रेडियोको कार्यक्रम, समाचारको गुणस्तर दसौँ गुणा बढ्नुपर्ने तर रेडियोमा पहिलेको जस्तो स्वाद छैन भन्ने पो सुनिन्छ किन होला ? यसो हुनुमा अनलाइन न्युज पोट्रल र युट्युबहरू बढ्नु मात्रै होइन, राम्रा रेडियो कार्यक्रमहरूको कमि हुनु पनि हो ।
गाउँमा बिजुली बलेन रेडियोमा फोन, गाउँमा बाटो पुगेन रेडियोमा फोन, पिउने पानीको अभाव भयो सम्बन्धित निकायलाई सुनाइदिनु भन्दै रेडियोमा गूनासो, गाँउनगरमा आर्थिक अनियमितताको आशङ्का भयो खोजिदिन भन्दै रेडियोमा फोन । कति हो कति । अहिले रेडियोमा स्रोताहरूको पहुँच पनि बढेको छ ।
दुई पक्षीय र बुहपक्षीय संवादले स्रोताका हजारौँ समस्याको निकास पनि रेडियोले निकालेको छ । खुलेरभन्दा रेडियोहरू समाजको एउटा हिस्सा बनेका छन् । विकास, निमार्णको साझेदार बनेका छन् ।
लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण र सङ्घीयता कार्यान्वयनको लागि रेडियोहरूले खेलेको भूमिका प्रशंसा गर्न योग्य छ । कुनै पनि विषयको मूल्याङ्कन समकालमा हुदैन । नेपालको गरिबी, असमानता अन्त्य, राजनितिक चेतना बढाउँदै विकास र समृद्धिको यात्रामा रेडियोहरूले पुर्याएको योगदानको बारेमा पक्कै कुनै दिन प्रशंसा होला । यो रेडियोको सकारात्मक पक्ष ।
विश्व रेडियो दिवस मनाइरहँदा रेडियो, रेडियो कार्यक्रम र रेडियो कार्यक्रम उत्पादन गर्ने हामी जस्ता रेडियोकर्र्मीहरूले बद्लिदो परिवेशको चुनौतीहरूका बारेमा पनि सोच्ने बेला भने आएको छ ।
पत्रकारिताको कक्षामा केही दिनअघि एउटा विद्यार्थीले टिप्पणी गरेका थिए, ‘रेडियोको कार्यक्रम त्यति नलेजेवल लाग्दैनन्, हाइह्याल्लो जस्तो मात्रै हुन्छ । त्यति सुनिदैन ।’
पत्रकारिताको आधारभूत सिद्धान्त सत्य, तथ्य, तटस्थता, निष्पक्षतालाई अङ्गिकार गर्दै कार्यक्रम तथा समाचार उत्पादन गर्न सक्यौँ भने पनि रेडियोको विश्वसनीयता रहिरहन सक्छ । हाई, हेल्लो, चिया, खाजा खानुभयो ? खालका कार्यक्रम, मनोरञ्जनका नाममा हो, हल्ला र बिना रिर्सचका कार्यक्रम अनि टेलिफोनमा सोधेर बनाइएका समाचार र कपी गरेका समाचारहरू रेडियोमा बजाएर रेडियोका स्रोतालाई रेडियोमा नै राखिरहन सकिदैन ।
सुन्दा यो कुरा सामान्य लाग्छ । तर हामी रेडियोकर्मीले यसलाई गम्भीरतासाथ लिनुपर्छ । सुरुवाती चरणमा रेडियोको ओज जुन थियो, हामीले त्यो ओजलाई बचाउन सकेका छौँ त ? एक दसकअघिका रेडियो कार्यक्रमहरू जति प्रभावकारी र मनमा बसिरहने खालका थिए, अहिलेका कार्यक्रम त्यही गुणस्तरका छन् ?
रेडियो क्षेत्रमा भित्रिएको प्रविधिको हिसाब गर्दा त रेडियोको कार्यक्रम, समाचारको गुणस्तर दसौँ गुणा बढ्नुपर्ने तर रेडियोमा पहिलेको जस्तो स्वाद छैन भन्ने पो सुनिन्छ किन होला ? यसो हुनुमा अनलाइन न्युज पोट्रल र युट्युबहरू बढ्नु मात्रै होइन, राम्रा रेडियो कार्यक्रमहरूको कमि हुनु पनि हो ।
राम्रा रेडियो कार्यक्रमको किन कमि भयो ? रेडियो सुन्ने स्रोताहरु चुजी किन भए ? किनकि रेडियोहरूले गहिरो अध्ययन गरेर कार्यक्रम निर्माण गर्न सकेनन् ।
त्यसो भन्दैमा सबै रेडियो कार्यक्रमहरू उत्पादनमा अध्ययन, खोज कम भएको हो त ? होइन । अहिले पनि समाचार बुलेटिन र राम्रा कार्यक्रम सुन्नेहरूको कमि छैन । तर राम्रा र गुणस्तरीय कार्यक्रम बनाउनेहरूको भने कमि हुँदै गएको हो ।
स्रोताको रुचि र चाहना सोधेर उनीहरूको आवश्यकता अनुसारको कार्यक्रम बनाउन सकेको खण्डमा रेडियोका स्रोताहरूमा रेडियोमा नै रहिरहन्छन् ।
अर्को कुरा, पत्रकारिताको आधारभूत सिद्धान्त सत्य, तथ्य, तटस्थता, निष्पक्षतालाई अङ्गिकार गर्दै कार्यक्रम तथा समाचार उत्पादन गर्न सक्यौँ भने पनि रेडियोको विश्वसनीयता रहिरहन सक्छ । हाई, हेल्लो, चिया, खाजा खानुभयो ? खालका कार्यक्रम, मनोरञ्जनका नाममा हो, हल्ला र बिना रिर्सचका कार्यक्रम अनि टेलिफोनमा सोधेर बनाइएका समाचार र कपी गरेका समाचारहरू रेडियोमा बजाएर रेडियोका स्रोतालाई रेडियोमा नै राखिरहन सकिदैन ।
तर पत्रकारिताको मूल्यमान्यता भित्र रहेर अलिकति मिहनेत गर्न सके रेडियो साख रहिरन्छ । रहिरन्छ मात्रै होइन, नयाँ पुस्ताको पनि रेडियोप्रति मेरै पुस्ताको जस्तो चासो पक्कै होला । होइन भने आमसञ्चार माध्यमको भीडमा रेडियोको अस्तित्व सानदार रहिरहन मुस्किल पर्न सक्छ ।
तपाईंको बिचार