मधेसका युवतीहरुको पीडा

पढेर के गर्नु ? बालविवाह विरुद्ध बोल्न सके पो !

प्रकाशित मिति: 2018-03-05
सोबिता रिसाल

सप्तरी । सप्तरीका बिना मण्डललाई पढ्ने रहर पुगेकै थिएन । पढेर जागिर खाने र समाजमा सम्मानको जीवन बाँच्ने रहर मारेर १२ वर्षकै उमेरमा विवाह गर्नुपर्यो । सानैमा विहे गर्दा र बच्चा जन्माउँदाका पीडाले ३२ वर्ष पुग्दा विनालाई झन पिरोलि रहेको छ ।  उहाँले १६ वर्षमा नै पहिलो बच्चा जन्माउनुभएको थियो । सानैमा विहे गरेर बच्चा जन्माउँदा अहिले उहाँलाई ढाड दुख्ने, रिंगाटा लाग्ने, तल्लो पेट दुख्नेजस्ता समस्या भएको छ । 

उहाँले १६ बर्षमा नै पहिलो बच्चा जन्माउनुभएको थियो । सानैमा विहे गरेर बच्चा जन्माउँदा अहिले उहाँलाई ढाड दुख्ने, रिंगाटा लाग्ने, तल्लो पेट दुख्नेजस्ता समस्या भएको छ । 

एक त सानैमा विहे गर्नुपर्ने बाध्यता अर्को केटाले भनेजति सम्पति दिनुपर्ने पीडा  । सानैमा विहे गर्दाका समस्या कति हुन् कति । यस्ता समस्याका कारण प्रदेश नम्बर २ का जिल्लाका महिलाहरु धेरै पीडित छन् । सुनिता यादव विहे गर्दा १३ वर्षकी हुनुहुन्थ्यो । विहे गरेको अर्को वर्षमा नै उहाँको बच्चा जन्मियो । पहिलो बच्चा जन्मिदा छोरा एउटा अस्पतालमा आफू अर्को अस्पतालमा भर्ना हुनुपरेको तितो यर्थाथ उहाँले सुनाउनुभयो । 'के गर्नु सानैमा विहे  गर्न मन मलाई पनि थिएन ।' उहाँले भन्नुभयो, 'पढ्न मन थियो, जागिर खान मन थियो तर, आफूले भनेर नहुने परिवारको करले विहे गर्नुपर्यो ।' 

समाजका कुरीतिका विरुद्धमा केही आवाज उठाए पनि फलानाकी छोरी भनेर उल्टै कुरा काट्ने काम हुन्छ, काजल भन्नुहुन्छ त्यसैले पनि पढेलेखेका धेरै युवतीहरु यसविरुद्ध बोल्न सक्दैनन् । 

नेपालमा अझै २९ प्रतिशत किशोर, किशोरीको १८ वर्ष नपुग्दै हुने गरेको छ । देशभरि नै बालविवाहको अवस्था उस्तै भए पनि प्रदेश नम्बर २ मा बलविवाह र दाईजोको समस्या धेरै छ । सानैमा विहे गरेर भोग्नुपरेका स्वास्थ्य समस्या, सामाजिक असर र मनोवैज्ञानिक असरका बारेमा महिलाहरु जानकार हुन थालेका छन् । बालविवाह गर्नुहुदैन, कानुनी कारबही हुन्छ भन्ने जानकारी पनि छ । तर छोरीको कुरा सुनुवाइ खासै हुँदैन ।  

एकाध बाहेक, पढेलेखेका र वालविवाह, दाईजो प्रथा गलत हो भन्ने थाहा पाएकै महिलाहरुले पनि यसको विरुद्धमा आवाज उठाउन सकेका छैनन् ।  स्नताक तह पढ्दै गर्नुभएका काजल यादवलाई बालविवाह, दाईजो प्रथाको बारेमा आवाज उठाउन त मन लाग्छ तर, समाजले लगाउने अनेक लाञ्छनाका कारण बोल्न सक्नुहुन्न  । 

काजल यादवलाई बालविवाह, दाईजो प्रथाको बारेमा आवाज उठाउन त मन लाग्छ तर, समाजले लगाउने अनेक लाञ्छनाका कारण बोल्न सक्नुहुन्न  । 

बोलौँ, दाईजो, बालविवाह विरुद्धमा आवाज उठाउँ जस्तो त लाग्छ काजलले भन्नुभयो, तर समाजले राम्रो मान्दैन, फलानाकी छोरी पढेर झन् समाज विरुद्ध बोल्ने भई भन्छन् त्यसैले आमा वुवाले जे भन्नुहुन्छ त्यहि मान्नुपर्छ ।

समाजका कुरीतिका विरुद्धमा केही आवाज उठाए पनि फलानाकी छोरी भनेर उल्टै कुरा काट्ने काम हुन्छ, काजल भन्नुहुन्छ त्यसैले पनि पढेलेखेका धेरै युवतीहरु यसविरुद्ध बोल्न सक्दैनन् । 

दाइजो लेनदेन गरेमा बिगो जफत गरी त्यहीबमोजिम जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ । यस्ता सामाजिक कुरीति अन्त्यका लागि कानुन नभएको होईन, तर कार्यान्वयनमा समस्या छ । 

तपाईंको बिचार