काठमाडौं ।
काठमाडौं उपत्यका लगाएत आज देशभरको मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि पानी परेको छ ।
मौसमविद् शान्ति कँणेलका अनुसार हिउँदको सुरुवाती महिनामा नै पानी पर्ने भए पनि यसपाली केही ढिलो गरी वर्षा भएको हो ।
सीआईएनसँग कुराकानी गर्दै कँणेलले यो वर्षको हिउँद लागेपछि आज पहिलो पटक पानी परेको बताउनुभयो ।
पश्चिमी वायुको प्रभावको कारण देशभर मौसम बदली भएकाले आज देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पश्चिमी क्षेत्रमा भने अन्य क्षेत्रको तुलनामा अझ बढी पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
आज दिनभर काठमाडौं उपत्यकासहित मध्य र पश्चिमी क्षेत्र तथा राति पछि पूर्वी क्षेत्रमा पश्चिमी वायुको प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ । मौसम बदलिएसँगै हिमाली जिल्लामा भने हिमपात सुरू भएको छ ।
गएरातीदेखि नै गोरखाको उत्तरी क्षेत्र, डोल्पा लगाएतका जिल्लामा हिउँ परेको छ । पानी परेर अहिले चिसो महसुस भएपनि त्यसपछि भने क्रमशः जाडो घट्दै जाने जनाइएको छ ।
रेडियो युनिटी डडेलधुराका अनुसार डडेल्धुरालगायत प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुमा हिमपात भएको छ । ७ नम्बर प्रदेशका बैतडी, बझाङ, डोटी, बाजुरा, दार्चुला लगायतका जिल्लाका उच्च भेगमा हिमपात भएसँगै अत्यधिक चिसो बढेको छ ।
गएराति पानी परेसँगै बिहानदेखि हिमपात सुरु भएको हो । डडेल्धुरा सदरमुकाममा बुधबार बिहान ५ बजेदेखि हिमपात सुरु भएको छ ।
उच्च लेकाली भागमा रातिदेखि नै हिमपात जारी छ । भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ ।
हिउँ जमेको र जाडो बढ्न थालेकाले घर बाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् ।
लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानले भने हिमपातले धेरै राहत महसुस भएको बताएका छन् ।
Severity: Warning
Message: finfo::file(news/27044962_1602387489853684_287573111_n.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/27044962_1602387489853684_287573111_n.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार