पर्यटन

चौंरी पालनबाट विदेशमा भन्दा बढि आम्दानी

चौंरी पालनबाट विदेशमा भन्दा बढि आम्दानी

राजन रुचाल      January 12, 2019

चौँरी लेकाली जीवनको आकर्षण मात्रै होइन, हिमाली क्षेत्रका नागरिको आम्दानीको मुख्य आधार पनि हो । तर अहिले त्यो आधार भत्किदै गएको छ । पूर्वको पाँचथरदेखि पश्चिमको डोल्पासम्म १७ जिल्ला चौँरीपालनका लागि पकेट क्षेत्र हुन् । अहिले तिनै जिल्लामा चौँरीका गोठ भेट्न मुस्किल छ । सरकारले चौँरीको विकासका न कुनै योजना बनाएको छ न त रकम छुट्याएको छ ।

पुरा समाचार
‘धर्तीको स्वर्ग’ रारा हिउँले सेताम्मे (फोटो कथा)

‘धर्तीको स्वर्ग’ रारा हिउँले सेताम्मे (फोटो कथा)

नन्द बहादुर रोकाया, रेडियो मुगु, गमगढी      January 9, 2019

रारा तालले मौसम अनुसार दिनमै चार/पाँच पटक रङ्ग फेर्छ । त्यहि रङ्ग फेर्ने रारातालको पानीको रङ्गमा मिसिन आइपुग्छ, सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चै धर्तीको स्वर्ग जस्तै देखिन्छ ।

पुरा समाचार
गोही प्रजनन केन्द्रका कारण स्थानीयको जीवनस्तर उकासिँदै

गोही प्रजनन केन्द्रका कारण स्थानीयको जीवनस्तर उकासिँदै

प्रियास्मृति ढकाल, रेडियो सद्भाव नेपालगञ्ज      June 3, 2018

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया खण्डको आम्बासाबाट १३ किलोमिटर दक्षिणमा रहेको ठाकुरबाबा नगरपालिकामा पर्ने बर्दिया निकुञ्जमा पर्यटकहरुको आउजाउ चलिरहन्छ । निकुञ्ज भित्र विश्वकै लोपउन्मुख घडियाल गोहीको संरक्षणका लागि स्थापना गरिएको प्रजनन केन्द्रमा अधिकांश पर्यटकको आँखा जाने गरेको छ ।

पुरा समाचार
दोलखामा साउन २२ र २३ मा चौंरी महोत्सव

दोलखामा साउन २२ र २३ मा चौंरी महोत्सव

काठमाडौं ।      August 3, 2017

चौंरी महोत्सव दोलखामा आगामी साउन २२ र २३ गते चौंरी महोत्सव आयोजना हुने भएको छ । दोलखाको कालिञ्चोक, शैलुङ र चेर्दुङलाई चौंरी पालन गर्ने मुख्य क्षेत्र मानिन्छ । महोत्सवको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

पुरा समाचार
कालिकोटको पचाल झर्ना प्रचार प्रसार नहुँदा ओझेलमा

कालिकोटको पचाल झर्ना प्रचार प्रसार नहुँदा ओझेलमा

नन्दकृष्ण अधिकारी, रेडियो चंखेली, कालिकोट      March 12, 2017

जिल्लाकै ऐतिहासीक रमणीय पर्यटकीय स्थल पचाल झर्ना जिल्ला सदमुकाम मान्माबाट करिब डेढ दिनको पैदल यात्रापछि प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । नेपालकै अग्लो झर्नाका रुपमा रहेर पनि सरकारी निकायबाट नापनक्सा नहुदा प्रचारमा आउन नसकेको स्थानीयबासीको भनाइ छ ।

पुरा समाचार
हिमपातपछि सेताम्मे रारा, पर्यटक बढ्ने निकुञ्जको अपेक्षा

हिमपातपछि सेताम्मे रारा, पर्यटक बढ्ने निकुञ्जको अपेक्षा

श्याम बिसी, रेडियो मुगु, गमगढी      January 10, 2017

चैतवैशाखमा लालीगुराँस ढकमक्कै फुलेर बेहुलीजस्तै देखिन्छ भने गर्मी चढेपछि तालमा असला माछा, आहारा खोज्दै किनारतिर आउँछन् । डाँफे, कालिज, लाटोकोसेरो, ढुकुर, चिल, हाँस लगायत ३ सय प्रजातिका चरा र कस्तुरी, रेडपाण्डा, मृग, घोरल, रतुवा, बन्यजन्तु र गुच्ची च्याउ, पाँचआंैले, जटामासीलगायत १८ किसिमका जडिबुटी रारा क्षेत्रमा पाइन्छ ।नीलो र कञ्चन तालको पानीमा हिउँको सेतो छाया भरिभराउ छ । सूर्यको पारिलो घामले राराको हिउँ चाँदीझैं टल्किएको छ । यो समयमा रारामा आउने पर्यटकहरुले मात्र राराको यस्तो सुन्दरतासगँ नजिक हुन पाउछन् ।

पुरा समाचार
चन्द्रागिरिमा फस्टाउँदै प्राकृतिक र धार्मिक पर्यटन

चन्द्रागिरिमा फस्टाउँदै प्राकृतिक र धार्मिक पर्यटन

     August 26, 2016

इतिहास र धार्मिक महत्व बोकेको यस क्षेत्रको प्रवद्र्धनका लागि भन्दै चन्द्रागिरि हिल्स लिमिटेडले केबलकार सञ्चालन गरेको छ । अत्याधुनिक अष्ट्रियन प्रविधिको प्रयोग गरेरे निर्माण गरिएका ३८ वटा गोन्डोला ( केबुलकार) ले चन्द्रागिरिको डाँडामा ९ देखि १४ मिनेटमा पु¥याउँछ । निर्माण कार्य जारी रहेका कारण चन्द्रागिरि पुग्ने समयावधी हालको अवस्थामा अलि बढि हुन सक्ने जनसम्पर्क व्यवस्थापक पौडेलको भनाइ छ ।

पुरा समाचार