कालिकोटको पचाल झर्ना प्रचार प्रसार नहुँदा ओझेलमा

प्रकाशित मिति: 2017-03-12
नन्दकृष्ण अधिकारी, रेडियो चंखेली, कालिकोट
तस्विरःनन्दकृष्ण अधिकारी
तस्विरःनन्दकृष्ण अधिकारी

कालिकोट । कालिकोट जिल्लाकोे पूर्वी क्षेत्रमा पर्ने राम्नाकोट गाविसमा स्थित खाद्रु गाँउमा पर्ने ४ सय ८३ मिटर अग्लो ऐतिहासिक पचाल झर्ना प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ ।

जिल्लाकै ऐतिहासीक रमणीय पर्यटकीय स्थल पचाल झर्ना जिल्ला सदमुकाम मान्माबाट करिब डेढ दिनको पैदल यात्रापछि प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । नेपालकै अग्लो झर्नाका रुपमा रहेर पनि सरकारी निकायबाट नापनक्सा नहुदा प्रचारमा आउन नसकेको स्थानीयबासीको भनाइ छ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने अनगिन्ति प्राकृतिक सौँदर्यताले भरिपूर्ण पचाल झर्ना हालसम्म  जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा विकास हुन नसक्दा गुमनाम छ । अग्लाअग्ला पहाडी हिम श्रृङखलाहरुको फेदमा कर्णाली नदीको दक्षिणतर्फ बदालकोट गाविस र राम्नाकोट गाविसको बीचमा ऐतिहासीक पचाल झर्ना छ । 

स्थानियवासी हरी न्यौपानेका अनुसार ४ सय ८३ मिटर अग्लो यो झर्ना यो क्षेत्रको पर्यटकिय सम्भावनाको प्रमूख स्थल हो । राम्नाकोट ६ लाफाका स्थानियवासी न्यौपानेले भन्नुभयो, राम्नाकोट गाविस ८ खादु्रमा पर्ने यो ऐतिहासीक झर्नाको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरुको लागि मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ ।

सम्बन्धित निकाय, राजनीतककर्मी, स्थानीय पर्यटन व्यावसायी र सरोकारवाला निकायहरुको वेवास्ताका कारण पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेरको यो झर्ना गाँउघरे उख्खान कागलाई बेल पाक्यो हर्स न बिस्मात भने जस्तै भएको उहाँको भनाई छ ।

पचाल झर्नाबाट खसेको पानी करीब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ ।  प्राकृतिक मनोरम सौँदर्यतताले भरिपूर्ण यो झर्ना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानियहरुका अनुसार यो झर्नाको बीचमा ठूलाठूला गुफाहरु पनि छन् र सशस्त्र द्धन्द्धको समयमा माओवादीहरुले यिनै गुफाहरुमा हातहतियारको गोदाम समेत बनाउने गरेका थिए ।  

यहाँका स्थानिय विद्यालयहरुले शैक्षिक भ्रमणमा बिद्यालर्थीहरुलाई लिदा यही झर्नाको अवलोकन गराउने गरेका छन् ।  झर्ना हिउदको समयमा पानीको बहाव कम हुदा र बर्षायामको तीब्र पानीको बहावमा पनि शान्त रुपमा खसिरहेको छ ।

नेपालकै ऐतिहासीक तथा पर्यटकीय झर्ना संरक्षणको अभावले बिमूख भएको छ । कर्णाली करीडोर निर्माण भएपछि भ्रमण अवलोकनका लागि सहजता आउने देखिन्छ ।  जिल्लाकै पर्यटन विकासका लागि ठूलो सम्भावना बोकेको यो झर्ना अवलोकन गर्नका लागि लाफागाडमा सर्बे भएको कर्णाली नदीको झुलङगे पुल निर्माण भईरहेको छ ।

समयमै जिल्लाका सरोकारवालाहरु र सरकारी निकायकहरुले यो झर्नाको नापनक्सा र प्रचारप्रसार गर्न नक्नेहो भने भविष्यमा यसको अस्तित्व नै नासिने पक्का छ ।

 

तपाईंको बिचार