दोलखामा साउन २२ र २३ मा चौंरी महोत्सव

प्रकाशित मिति: 2017-08-03
काठमाडौं ।

चौंरी महोत्सव दोलखामा आगामी साउन २२ र २३ गते चौंरी महोत्सव आयोजना हुने भएको छ । 
स्थानीय स्रोत र साधनको परिचालन गरी आर्थिक समृद्धिको दिशामा अघि बढ्न कालिञ्चोक गाउँपालिकाले 
स्थानीय घ्याङडाँडामा चौंरी महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका उपप्रमुख कालिका पाठकले जानकारी दिनुभयो । 

कालिञ्चोक क्षेत्रमा आउने पर्यटकहरुको संख्या वृद्धि गर्न पनि महोत्सव उपयोगी हुने विश्वास गाउँपालिकाको रहेको छ । 

सांसदहरु पशुपति चौंलागाई, पार्वत गुरुङ र आनन्दप्रसाद पोखरेलले चौंरीपालन व्यवसायी लोपोन्मुख अवस्था रहेको उल्लेख गर्दै त्यसको संरक्षण गर्न पनि महोत्सव उपयोगी हुने उल्लेख गर्नुभयो । 

दोलखाको कालिञ्चोक, शैलुङ र चेर्दुङलाई चौंरी पालन गर्ने मुख्य क्षेत्र मानिन्छ ।

महोत्सवको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकको फेदीमा आयोजना गर्न लागिएको महोत्सवले दोलखाको पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास आयोजकको  छ ।

 

तपाईंको बिचार