समाज

संकटमा मनकारी साथ (अडियो र तस्बिरसहित)

संकटमा मनकारी साथ (अडियो र तस्बिरसहित)

लक्ष्मी बस्नेत      December 10, 2015

काठमाडौं २४ मंसिर । झट्ट हेर्दा पारिवारिक पिकनिक जस्तै लाग्छ, ६/८ महिनाका बच्चादेखि वृद्धवृद्धासम्म लस्करै बसेर खाना खाइरहेका छन् । ठूलाठूला भाँडामा दाल, भात तरकारी दाउरामै पाक्दैछ । कोही खाइरहेका छन्, केही बाँडिरहेका छन् । साना ५/७ वर्षको अवोध केटाकेटी हाँस्दै रमाउँदै खाइरहेका देखिन्थे ।

पुरा समाचार
उमेरले नछेकेको पढाई प्रेम(अडियोसहित)

उमेरले नछेकेको पढाई प्रेम(अडियोसहित)

लक्ष्मी बस्नेत      December 7, 2015

काठमाडौं २१ मंसिर । गालामा चाउरी बाक्लै परिसकेको छ । आँखाले साना अक्षर ठम्याउन गाह्रै मान्छ । तर उमेर, शारीरिक अवस्थालाई वेवास्ता गर्दै एक हुल महिलाहरु पढाईमा तल्लिन देखिन्छन् । भत्तपुरको बालकोटका ज्योति विष्ट, एसएलसी तयारी गरिरहेका लाखौं विद्यार्थी मध्येक एक हुनुहुन्छ ।

पुरा समाचार
नाकावन्दीको असर ‘तीनदिन भयो पेट भर्न पाएको छैन’

नाकावन्दीको असर ‘तीनदिन भयो पेट भर्न पाएको छैन’

उमा पौडेल      December 3, 2015

मंसिर मध्यको कठ्यांग्रिदो जाडोमा निदारबाट पसिना छुटाउदै पिठ्युभरी ईटा बोक्नुभएकी अप्सरा कार्की भारी बिसाउने बित्तिकै साथमा रहेको बोरा ओछ्याएर एउटा घरको पेटिमा बस्नुहुन्छ । पेटभरी खान नपाएको ३ दिन भयो ।

पुरा समाचार
महिनाबारी अब दुःख पारी

महिनाबारी अब दुःख पारी

कृष्णमाया उपाध्याय, रेडियो नारी आवाज      December 2, 2015

जुम्लामा रहेका निम्न माध्यामिक, माध्यामिक र उच्च माध्यामिक विद्यालयमा अहिले जिल्ला शिक्षा कार्यालयले छात्रा मैत्री शौचालय बनाउने कामलाई अभियानकै रुपमा गरिरहेको छ । महिनावारी भएका बेला छात्राहरुलाई समस्या नपरोस् भन्ने उद्देश्यले थालिएको अभियानले आफूहरुलाई धेरै सजिलो भएको छात्राहरुको भनाइ छ ।

पुरा समाचार
नाकावन्दी विरोधमा फेरि मानव साङ्लो

नाकावन्दी विरोधमा फेरि मानव साङ्लो

     November 30, 2015

नेपालमाथि लगाइएको भारतीय नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्न भन्दै आज काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरियो ।

पुरा समाचार
'६० वर्ष उमेर पुगेका किसानलाई पेन्सन'

'६० वर्ष उमेर पुगेका किसानलाई पेन्सन'

     November 30, 2015

तपाई कृषि पेशामा नै लागेर जीवनयापन गरिरहनुभएको छ र कृषि क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनु भएको छ भने अब सरकारले पेन्सनको ब्यवस्था गर्नेछ । कृषि पेशालाई मर्यादित बनाउन र सर्वसाधारणलाई कृषिमै स्थापीत गर्न आकर्षक यस्तो योजना भएको कृषि मन्त्रालयले जनाएको छ ।

पुरा समाचार
आफ्नै बुवाले फकाएर हत्या गरे चार छोराछोरीको

आफ्नै बुवाले फकाएर हत्या गरे चार छोराछोरीको

नन्दबहादुर रोकाया, रेडियो मुुगु      November 30, 2015

मुगु १४ मंसिर । आफ्ना बुवा आमामाथि छोरा छोरीको विश्वास र भरोसा कति होला ? त्यो भनिरहनु पर्दैन । थर त्यही बुवाको विश्वास गर्दा मुगुमा चार बालवालीकाले ज्यान गुमाउनु परेको छ । बनमा पाइने फल खान आऊ भनेर बोलाई मुगुको ह्याङ्लु ६ रिगा गाउँका नन्दबहादुर रोकायाले आफ्ना चार सन्तानको हत्या गरेका छन् ।

पुरा समाचार
कुन उमेरमा बच्चा, जन्मान्तर कति ? (अडियोसहित)

कुन उमेरमा बच्चा, जन्मान्तर कति ? (अडियोसहित)

उमा पौडेल      November 29, 2015

काठमाण्डौ बस्ने धादिङ्का मुना तामाङ्को बिवाह १२ बर्षमै भयो । १५ बर्षको उमेरमा पहिलो सन्तानकी आमा बन्नुभएकी तामाङ्को बच्चा जन्माउदा मात्रै हैन हुर्काउदा बढाउदाको पिडा पनि बिर्सिनसक्नुको छ । झन् दिनदिनै एकपछि अर्को गरेर सोच्दै नसोचेको समस्या र दुःख पनि थपिन थाल्यो ।

पुरा समाचार
नाकाबन्दीविरुद्ध मानव साङ्लो (फोटो र अडियो )

नाकाबन्दीविरुद्ध मानव साङ्लो (फोटो र अडियो )

     November 27, 2015

काठमाडौं । विद्यार्थीको बाँच्न पाउने र पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्दै काठमाडौँको २७ किलोमिटर लम्बाईको चक्रपथमा विद्यार्थीसहितको मानवसाङ्लोले घेरी आज प्रदर्शन गरियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार चक्रपथलाई मानवसाङ्लो बनाई विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले घेरेका थिए ।

पुरा समाचार
उच्च पद-सामान्य जीवन शैली(अडियोसहित)

उच्च पद-सामान्य जीवन शैली(अडियोसहित)

लक्ष्मी बस्नेत      November 27, 2015

मन्त्री भएको दुई हप्ता नाघिसकेपछि भेट्न जाँदा उहाँको सुत्ने कोठामा दुईवटा सामान्य खाट र ओढ्ने-ओछ्याउने खाली भुईमा सुकुल र पुरानो गलैंचा, एउटा कुर्सी, सानो टेबुलभरि किताब छरपस्ट थिए । देश विदेशका घटनाको जानकारी लिन साथमा रेडियो पनि सँगै थियो ।

पुरा समाचार