'६० वर्ष उमेर पुगेका किसानलाई पेन्सन'

कस्ता किसानले पाउनेछन् पेन्सन ? (अन्र्तवार्ता)

प्रकाशित मिति: 2015-11-30
तस्बिर: गुगल
तस्बिर: गुगल

काठमाडौं १४ मंसिर । तपाई कृषि पेशामा नै लागेर जीवनयापन गरिरहनुभएको छ र कृषि क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनु भएको छ भने अब सरकारले पेन्सनको ब्यवस्था गर्नेछ । कृषि पेशालाई मर्यादित बनाउन र सर्वसाधारणलाई कृषिमै स्थापीत गर्न आकर्षक यस्तो योजना भएको कृषि मन्त्रालयले जनाएको छ ।

सरकारले तयार गरेको योजना पारित भए  ६० वर्ष पूरा गरेका किसानले पेन्सन पाउने छन् । सरकारले सुविधा उपलब्ध गराउन किसानलाई चार भागमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण थालिसकेको छ । यही परिचयपत्रमार्फत किसानलाई पेन्सन दिने मन्त्रालयको योजना छ । अहिलेको कृषि क्षेत्रले खेती गर्ने दक्ष जनशक्तिको अभाव खेपिरहेको छ ।

पेन्सन व्यवस्था गरी नागरिकलाई खेतीमा लगाउन सके उत्पादन वृद्धि गरी कृषि उब्जनीमा आत्मनिर्भरता दिलाउन सकिने मन्त्रालयको अपेक्षा छ । यसका लागि ६० वर्ष उमेर पुगेका किसानलाई पेन्सन वा जीवन बिमा उपलब्ध गराउन मन्त्रालयले योजना अघि सारेको छ । कस्ता किसानले पाउछन् पेन्सन ?  

उमा पौडेलले कृषि मन्त्री हरिवोल गजुरेलसँग गरेको कुराकानी 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Uma_With_Haribol_Gajurel.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Uma_With_Haribol_Gajurel.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार