कुन उमेरमा बच्चा, जन्मान्तर कति ? (अडियोसहित)

प्रकाशित मिति: 2015-11-29
उमा पौडेल

काठमाडौं १३ मंसिर ।  पहिले पहिले धर्म कमाउने नाममा अभिभावकहरूले कम उमेरमै छोराछोरीको विवाह गरिदिने भएपनि आजभोली आफुखुसी विवाह गर्ने प्रचलन बढ्दो छ ।  सानै उमेरमा विवाह गरेसँगै कम उमेरमा बच्चा जन्माउनेहरु पनि प्रसस्तै भेटिन्छन् । तर पहिलो बच्चा जन्माउने उमेरमा ख्याल नगेर्ने हो भने महिलाको स्वास्थ्यमा गम्भिर असर पर्ने चिकित्सकहरुको भनाई छ ।  

काठमाण्डौ बस्ने धादिङ्का मुना तामाङ्को बिवाह १२ बर्षमै भयो । १५ बर्षको उमेरमा पहिलो सन्तानकी आमा बन्नुभएकी तामाङ्को बच्चा जन्माउदा मात्रै हैन हुर्काउदा बढाउदाको पिडा पनि बिर्सिनसक्नुको छ । झन् दिनदिनै एकपछि अर्को गरेर सोच्दै नसोचेको समस्या र दुःख पनि थपिन थाल्यो । 

कम्तिमा पनि केटाले २५ र केटीले २० वर्ष भएपछि मात्रै विवाह गर्नुपर्छ । यसअघि नै विवाह भए पनि बच्चा कुन उमेरमा जन्माउने, जन्मान्तर कति राख्ने भन्ने विषयमा श्रीमान श्रीमती दुवै सजग हुनु आवश्यक छ ।  

ललितपुर पाटनमा बस्ने निरा कार्कीले १४ बर्षमै बिवाह गर्नुभएको थियो । त्यसबेला उहाँका श्रीमान् १६ बर्षको हुनुहुन्थ्यो । आफूखुसी विवाह गरेका यो जोडिलाई विवाह गरेपछि परिवार नियोजनका अस्थायी साधन प्रयोग गरेन भने गर्भ रहन्छ र बच्चा जन्मन सक्छ भन्ने थाहा छ । यसैले यो दम्पतीले २० वर्ष कटेपछि मात्रै सन्तान जन्माउने सल्लाह गरेका छन् । 

सकेसम्म कम उमेरमा विवाह नगर्नु राम्रो । विवाह गरिहाले पनि पहिलो बच्चा कम्तिमा २० बर्ष कटेपटि मात्रै जन्माउनु पर्छ । चिकित्सकका अनुसार पहिलो बच्चा जन्माउने उपयुक्त उमेर २० देखि २५ बर्ष हो ।  छिटै विवाह गरी चाँडै सन्तान जन्माउनाले महिलाहरुलाई तत्कालीन मात्रै हैन दिर्घकालीन असर पनि पर्न सक्छ । नेपाल परोपकार प्रसुती गृहका निर्देशक डाक्टर जागेश्वर गौतम । 

कम्तिमा पनि केटाले २५ र केटीले २० वर्ष भएपछि मात्रै विवाह गर्नुपर्छ । यसअघि नै विवाह भए पनि बच्चा कुन उमेरमा जन्माउने, जन्मान्तर कति राख्ने भन्ने विषयमा श्रीमान श्रीमती दुवै सजग हुनु आवश्यक छ ।  

अडियो सुन्नुहोस्

तपाईंको बिचार