सीपमूलक तालिम पाएपछि आफ्नै व्यवसायमा युवा

स्वरोजगारका लागि तालिम सञ्चालन गर्न एक करोड बजेट(अडियोसहित)

प्रकाशित मिति: 2019-01-19
थम्म भण्डारी, रेडियो रामारोशन, अछाम

स्थानीय तहले विभिन्न सीपमूलक तालिम दिएपछि युवाहरु स्वरोजगार बन्न थालेका छन् ।

 

अछामको साँफेबगर नगरपालिकाले बेरोजगार युवाहरुलाई तालिम दिएको छ । तालिम लिएका युवाले नगरपालिकाकै सहयोगमा आफ्नै व्यवसाय पनि थालेका छन् । 

मुकेश भारतबाट फर्किएको वर्ष दिन बित्यो । यो बीचमा उहाँले नगरपालिकाले दिएको मोवाईल मर्मत सम्बन्धि तालिम लिनुभयो । त्यसपछि रोजगारीका लागि भारत जानु परेन । 

साँफेबगर बजारको एउटा मोबाईल पसलमा स्थानीय २४ वर्षका मुकेश थापा मोवाईल मर्मतको काम गरिरहेको भेटिनुहुन्छ ।

 

मुकेश भारतबाट फर्किएको वर्ष दिन बित्यो । यो बीचमा उहाँले नगरपालिकाले दिएको मोवाईल मर्मत सम्बन्धि तालिम लिनुभयो । त्यसपछि रोजगारीका लागि भारत जानु परेन । बरु आफैंले मोवाईल पसल खोल्नुभएको छ । 

 

स्थानीय तथा प्रदेश सरकारले स्वरोजगारका थुप्रै कार्यक्रम ल्याएको छ । सीपमूलक तालिम लिएर युवाहरु धमाधम रोजगार भइरहेका छन् ।

 

गतवर्ष साँफेबगर नगरपालिकाले विभिन्न सीपमूलक तालिममा ८० लाख खर्च ग¥यो । यसवर्ष त्यो बजेट बढाएर १ करोड ८ लाख पु¥याईएको छ ।

 

सीप सिक्ने र रोजगार बन्ने अवसरलाई युवाहरुले सदुपयोग गर्नुपर्ने बताउनुहुन्छ, स्थानीय युवा भूपेन्द्र भण्डारी ।

 

तालिम सञ्चालन गर्दा आवश्यता र सम्भावनाको क्षेत्र हेर्नुपर्ने स्थानीयको सुझाव छ । तालिम लिएकाहरु व्यवसायिक भएका छन् या छैनन् भनेर नगरपालिकाले नियमित अनुगमन गर्नुपर्ने बताउनुुहुन्छ, अर्का स्थानीय टंक भण्डारी ।

गतवर्ष साँफेबगर नगरपालिकाले विभिन्न सीपमूलक तालिममा ८० लाख खर्च ग¥यो । यसवर्ष त्यो बजेट बढाएर १ करोड ८ लाख पु¥याईएको छ ।

सीपमूलक तालिम सञ्चालनपछि साँफेबगरका ५ जना युवाले रोजगारी पाएका छन् । नगरपालिकाले नगरका बढिभन्दा बढी युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । 

 

नगर प्रमुख कुलबहादुर कुँवरले गलतवर्ष पनि १३ ओटा विभिन्न विषयमा तालिम सञ्चालन गरेको र यसवर्ष पनि तालिम सञ्चालन गरिने बताउनुभयो । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले आर्थिकसँगै अन्य सहयोग पनि गर्ने उहाँ बताउनुहुन्छ । 

 

साँफेबगर नगरपालिकाको १४ वडामा ३९ हजार भन्दा बढी जनसंख्या छ । त्यसमध्ये दुईहजार बढी युवा बेरोजगार रहेको नगरपालिकाको तथ्याङ्क छ ।

 

गाउँका युवालाई गाउँमै रोजगार दिन सके समृद्धि सम्भव रहेको युवाहरु बताउँछन् । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR_Thamma_Bhandari_.MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR_Thamma_Bhandari_.MP3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार