दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ को गैरी । झण्डै ३५ सय मिटरको उचाइमा छ । पुसको ठण्डी, अनि साँझ पख चल्ने सिरेटो । पाखैभरि चौँरी छन् । गोठालाहरूले नजिकैको जङ्गलबाट बटुलेर ल्याएका । कतिपय चौँरी त दूध दुहुने बेला भएपछि आफैँ पनि आउँछन् ।
निमा शेर्पाले २० वटा चौँरी पाल्नु भएको छ । यी चौँरी सोलुखुम्बुबाट किनेर ल्याइएको हो । प्रतिगोटा ४० हजारदेखि ८० हजारसम्म परेको छ । निमालाई साँझबिहान दूध दुहुन भ्याइनभ्याइ छ ।
यो ठाउँमा अरु ६ वटा चौँरी गोठ छन् । सबैलाई गोठ वरिपरिका चौँरी दुहुने चटारो छ । तर डोल्मा शेर्पा सानो गोठ भित्र आगो ताप्दै बस्नु भएको छ । उहाँका चौँरी वनमै भएकाले हिजोआज फुर्सद मिलेको छ ।
पहिले मलेसियामा गएर बसेको दुई वर्षमा पनि कमाइ राम्रो नभएपछि घर फर्किएको सुनाउँदै उहाँले भन्नुभयो, ‘दुई वर्ष विदेशमा बस्दा पनि मैले जाँदा लागेको ऋण तिर्न सकिन तर नेपालमा वितेको दुई वर्षमा करिब सातआठ लाख रुपैँया कमाएँ । यतिका कमाएपछि आफ्नै देशमा राम्रो हुने रहेछ भन्ने लागेको छ ।’
‘हाम्रो चौँरी छिमौतीको वनमा छन् । त्यहाँ पुग्नलाई तीनचार घण्टाजति लाग्छ ।’ डोल्माले भन्नुभयो,‘ हप्तादिनमा वा १५ दिनमा कता पुगेको छ भनेर हामीले नै खोज्नुपर्छ ।’
२० वटा चौँरी पाल्नेहरूले छुर्पी र चिज बेचेर वर्षको पाँच लाखसम्म कमाउँछन् । हामीले विदेश गएर फर्कनुभएका साङ्तेम्बा शेर्पा भेट्यौं ।
पहिले मलेसियामा गएर बसेको दुई वर्षमा पनि कमाइ राम्रो नभएपछि घर फर्किएको सुनाउँदै उहाँले भन्नुभयो, ‘दुई वर्ष विदेशमा बस्दा पनि मैले जाँदा लागेको ऋण तिर्न सकिन तर नेपालमा वितेको दुई वर्षमा करिब सातआठ लाख रुपैँया कमाएँ । यतिका कमाएपछि आफ्नै देशमा राम्रो हुने रहेछ भन्ने लागेको छ ।’
दोलखाको उत्तरी क्षेत्रसँगै, सोलुखुम्बु, ताप्लेजुङ, रसुवा, डोल्पा, हुम्लालगायत १७ भन्दा धेरै हिमाली जिल्लामा व्यावसायिक चौँरीपालन हुन्छ । चौँरी पालनका लागि २ हजार देखि ५ हजार मिटरसम्मको उचाइ उपयुक्त मानिन्छ । चौँरीको दूधबाट छुर्पी, दुर्खा, चिज, घ्यूउ, पनिर लगायत दुग्धजन्य पदार्थ उत्पादन हुन्छ ।
दोलखाको कालिञ्चोक गाउँपालिकामा झण्डै ४ सय चौँरी पालिएको छ । देशभर कति चौँरी छन्, सरकारसँग एकिन तथ्याङ्क छैन । नेपालमा दूध उत्पादन गर्ने गाईको सङ्ख्या मात्र ७० लाखभन्दा धेरै छ ।
त्यो मध्ये, याक, नाक तथा चौँरी गाईको सङ्ख्या ६० हजारभन्दा धेरै रहेको अनुमान गरिन्छ । तर चौँरीको सङ्ख्या वार्षिक ५ प्रतिशतको दरले घटिरहेको चौँरी पालक किसानहरु बताउँछन् । व्यवसायिक चौँरी पालन गर्नेहरुको सङ्ख्या पनि उसैगरी घटिरहेको छ । ‘लेखाइपढाइ भएपछि सबै मानिस विदेशतिर जाने गरेका छन् ।
चौँरीको दूधबाट छुर्पी, दुर्खा, चिज, घ्यूउ, पनिर लगायत दुग्धजन्य पदार्थ उत्पादन हुन्छ । तर सरकारसँग चौँरीबाट हुने उत्पादन र आम्दानीको कुनै तथ्याङ्क छैन । न त चौँरी विकासका लागि सरकारले कुनै लगानी गरेको छ ।
उताको कमाइ राम्रो हुने भएका कारण सबै जान्छन् ।’ युवा चौँरी पालक आङ नीमा शेर्पाले भन्नुभयो, ‘त्यसो हुँदा चौँरी पालन व्यवसाय गाउँघरबाट लोप हुँदै गएको छ ।’
दोलखाको उत्तरी क्षेत्रसँगै, सोलुखुम्बु, ताप्लेजुङ, रसुवा, डोल्पा, हुम्लालगायत १७ भन्दा धेरै हिमाली जिल्लामा व्यावसायिक चौँरीपालन हुन्छ । चौँरी पालनका लागि २ हजार देखि ५ हजार मिटरसम्मको उचाइ उपयुक्त मानिन्छ ।
चौँरीको दूधबाट छुर्पी, दुर्खा, चिज, घ्यूउ, पनिर लगायत दुग्धजन्य पदार्थ उत्पादन हुन्छ । तर सरकारसँग चौँरीबाट हुने उत्पादन र आम्दानीको कुनै तथ्याङ्क छैन । न त चौँरी विकासका लागि सरकारले कुनै लगानी गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव श्याम पौडेलले हिमाली आयोजना अन्तर्गत चौँरी पालन र चौँरीबाट उत्पादित दूध र दुग्धजन्य पदार्थ उत्पादन, तालिम र उपकरणको खरिदका लागि केही आयोजनामा सहयोग गरिएको बताउनुभयो ।
३ वर्षअघि सकिएको हिमाली आयोजनामार्फत् १० करोडभन्दा धेरै लगानी चौँरीको विकासका लागि भएको थियो । चौँरी गोठहरूमा पुग्दा र किसानलाई भेट्दा थाहा भयो, त्यो लगानी बालुवामा पानी जस्तै बनेको छ ।
‘तर त्यो आयोजनाको समयावधि पनि सकिएको छ । अहिले चौँरीपालन व्यवस्थापनका लागि खासै कार्यक्रम छैन ।’ सहसचिव पौडेलले भन्नुभयो । गतवर्ष २ लाख ३१ हजार ६ सय ६१ किलो चिज उत्पादन भएको दुग्ध विकास संस्थानको तथ्याङ्कले देखाउँछ । जसको मूल्य झण्डै २५ करोड हाराहारीमा पर्न आउँछ ।
३ वर्षअघि सकिएको हिमाली आयोजनामार्फत् १० करोडभन्दा धेरै लगानी चौँरीको विकासका लागि भएको थियो । चौँरी गोठहरूमा पुग्दा र किसानलाई भेट्दा थाहा भयो, त्यो लगानी बालुवामा पानी जस्तै बनेको छ ।
तपाईंको बिचार