नाङ्लो बुनेर जिविको धानिएको गाउँ

बजार खोज्दै व्यवसायी (अडियो)

प्रकाशित मिति: 2018-09-21
रामहरि श्रेष्ठ, आफ्नो एफएम

ओखलढुंगा । नाङ्लो, हरेकको भान्छामा नभई नहुने बस्तु । ओखलढुङ्गामा एउटा यस्तो गाउँ छ, हरेक घरमा नाङ्लो बनाईन्छ । नाङ्लो बुन्ने परम्परागत पेशाले सिङ्गो गाउँको जिविको चलेको छ । 

छरिएको बस्ती, जहाँ राई जातीको बाहुल्यता । मूख्य पेशा खेति किसानी । तर फुर्सदको समयमा प्राय सबै घरकाले नाङ्लो बुन्छन् । एक घना बाँसलाई सय रुपैंया पर्छ । सय रुपैंयामा किनिएको बाँसको चोयाले ५ वटा नाङ्लो बुन्न सकिन्छ । सिद्धिचरण नगरपालिका बर्णालुका आईमन राईको गुजारा नाङ्लो बुनेर चलेको छ । 

 
नाङ्ग्लो, स्थानीय बजारमा प्रतिगोटा ३ सय रुपैयाँसम्म बिक्छ । नाङ्लो बुन्न खासै अप्ठ्यारो पनि छैन । बजारमा प्लाष्टिकबाट बनेका नाङ्लो पनि नपाई हैन । बाँसको चोयाबाट बनेको नाङ्लो टिकाउ हुने उपभोक्ताहरु बताउँछन् । त्यसैले यहाँ बुनिएको नाङ्लो प्राय घरबाटै बिक्री हुन्छ । नाङ्लो बुनेर कमाई पनि राम्रो छ । अर्का स्थानिय जीत बहादुर रार्ईले पनि पुख्र्यौली पेशाबाट राम्रै कमाई भएको बताउनुभयो । 


नाङ्लो बुन्ने बर्णालुका राई समूदायको पूख्र्यौली पेशा हो । यहाँ बुनिएको नाङ्लो जिल्ला भरी नै लोकप्रिय छ । माग पनि उति नै । तर माग अनुसार खपत भईरहेको छैन । होटल व्यवसायी संघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राई, नाङ्लोको बजार खोज्न सके जिल्लालाई नै फाईदा पुग्ने बताउनुहुन्छ । 


पेशा पूख्र्यौली भएपनि स्थानीयले व्यवसायिक बनाउन चाहेका छन् । तर बाँस अभावले माग भएजति नाङ्लो बुन्न सकिरहेका छैनन् । यसलाई उद्योगकै रुपमा अगाडी बढाउन सके ओखलढुङ्गाको नाङ्लो देशभर लोकप्रिय हुने उनिहरु बताउँछन् । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR_Ram_Hari_Shrestha.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR_Ram_Hari_Shrestha.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार