चीनसँग ऐतिहासिक सहमति

ब्यापारमा भारतसँगको परनिर्भता अन्त्य

प्रकाशित मिति: 2018-09-07
केशव भुल

चीनसँगको एतिहासिक सम्झौतापछि ब्यापारमा भारतको एकाधिकार हट्ने भएको छ । नेपाललाई तेश्रो मुलुकबाट सामान आयातका लागि आफ्ना सबै बन्दरगाह प्रयोग गर्न दिन चीन सहमत भएको छ । योसँगै तेस्रो मुलुकबाट सामान आयात गर्दा भारतीय बन्दरगाह प्रयोग गर्नै पर्ने बाध्यत्मक अवस्थाको अन्त्य भएको छ । नेपाल चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालले आफूलाई अनुकुल हुने गरी चीनका जुनसुकै बन्दरगाह प्रयोग गर्न बाटो खुलेको हो । नेपाल चीन व्यापार तथा पारवहन सम्झौता प्रोटोकलमा भएको सहमतिले व्यापारमा भारतमाथिको परिर्निभरता पनि अन्त्य भएको छ ।

 

नेपाललाई चीनका सबै समुन्द्री र सुख्खा बन्दरगाह प्रयोग गर्न दिने विषयमा चीन सहमत भएको उद्योग, वाणिज्य तथा आपूिर्त मन्त्रालयका प्रवक्ता नवराज ढकालले सीआईएनलाई जानकारी दिनुभयो । दुई देशका उच्च सरकारी अधिकारी बीच गएराती भएको सहमति अनुसार नेपालले चीन हुंदै तेस्रो मुलुकबाट सामान आयात गर्दा सामुन्द्रीक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछन् । ‘ चिनियाँ बन्दरगाह र ढुवानी रुटको प्रयोग अनुमतिसँगै तेस्रो मुलुकसँग व्यापारका लागि नेपालको भारतीय भूमिको निर्भरता घट्नेछ ’ ढकालले सीआइएनसँग भन्नुभयो, चिनियाँ बन्दरगाह प्रयोगपछि जापान, कोरियाजस्ता देशमा हुने व्यापार सस्तो पर्ने नेपाली पक्षको विश्वास छ ।’

 

नेपाल र चीनबीच सन् २०१६ मा व्यापार तथा पारवहन सम्झौता भएको थियो । दुईवर्ष अघि भएको सोही सम्झौता कार्यान्वयनका लागि काठमाडौंमा तेस्रो बैठकको आयोजना गरिएको थियो । त्यतिबेला केपीशर्मा ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । 

नेपालले अब तेस्रो मुलुकबाट सामान आयात गर्दा लाग्ने ढुवानी खर्च समेत कम हुने तथा निर्यातका लागि पनि चीनको बाटो खुल्ला भएको प्रवक्ता ढकालले बताउनुभयो । सामुन्द्रिक तथा सुख्खा बन्दरगाह, ती बन्दरगाहबाट नेपाल सम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायत पारवहन सम्बन्धी विभिन्न विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । 

 

बैठकमा नेपालका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि शंकर सैंजुले गर्नु भएको थियो भने, चीनका तर्फबाट यातायात सेवा विभागका महानिर्देशक वाङ सुपिङले गर्नु भएको थियो ।

 

तपाईंको बिचार