“बोल माया” अमूल्य कृति (अडियो सहित)

कफिनको निरन्तरतामा क्रमभंगता खोज्ने गीत

प्रकाशित मिति: 2018-06-13
राजन रुचाल

गीतले बाध्यताले विदेशिएका, उतै अस्ताएकाहरुको कथा र त्यसपछाडिको नेपाली समाज र परम्परा पनि छ । कथा मात्रै होइन, यो निरन्तरतामा क्रमभंगता पनि गीतले खोजिरहेको छ । 

काठमान्डु । नागरिकको दैनिकी, दुख, सुखसँग जोडिएको कला होस् वा साहित्य, लोकप्रिय हुनेमा कुनै शङ्का रहँदैन । तर एकले अर्कोलाई उछिन्ने सर्जकमा जारी प्रतिस्पर्धाको बीचमा लोकका भाका होउन् या कलासहित्य, जहाँ पनि बनावटीपन बढि देखिने गरेको छ । लोक जीवनलाई उतार्ने हो भने जतिसुकै आधुनिक प्रविधिको कसीमा पनि सिर्जना अब्बल रहन्छ भन्ने उदाहरण पछिल्लो समय चर्चामा रहेको एउटा गीतले प्रस्तुत गरेको छ । त्यो गीत हो “बोल माया” ।

वरिष्ठ लोक गायक नारायण रायमाझी । लाहुरे र परदेशीका कथाव्यथा धेरै र बाँकी थोरै विषयमा तीस वर्षभन्दा धेरै समयदेखि नेपाली गीत संगीतमा जमिरहेका गायक, संकलक तथा संगीतकार । बोल माया बोलको एउटा लोकगीतमा रायमाझीले स्वर भर्नुभएको छ । परदेशीका कथा व्यथा समेटिएका गीत भनेपछि स्रोताहरुले सम्झिने नामको नारायण रायमाझी । “बोल माया” गीत गाएपछि नयाँ पुस्ताका स्रोतापनि रायमाझीलाई सम्झिनेछन् । 

काठमान्डु, त्यसभित्रको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनि नजिकबाट जहाज नदेखेकाहरु  पनि । जीवनमा कोही पहिलो चोटी र कोही दोहो¥याइ तेह¥याइ जहाज चढ्छन्, र देख्दै ठूलाठूला सपना देशभन्दा निकै पर विरानो भूमीतिर लाग्छन् । वैदेशिक रोजगारीमा नेपाली जान थालेको झण्डै तीस वर्ष पुग्यो । यो बिचमा ५० लाख भन्दा धेरै युवा विदेशिए, काम खोज्दै दैनिक १५ सयदेखि दुई हजारको हाराहारीमा नेपाली युवा विदेशिन्छन् । घरपरिवार, आफन्त, रनवन छोडेर पर्देशिएहरु कोही उदाउन नपाउँदै, अस्ताउँछन् उतै । हाँस्दै गएकाहरु उसैगरी फर्कदैनन् । 

रोजगारीको सिलसिलामा विदेशमै मृत्यु हुने नेपालीको संख्या औसत दैनिक तीन जना छ । गायिका शान्ती श्री परियारले गीत मार्फत गरेको बिलौनामा परदेशीलाई पर्खिबसेका हरेक परिवारको कथा जोडिएको छ । गीतका सर्जक प्रकाश सपुत भन्नुहुन्छ, “कथा सम्झिंदा यो मेरो आफ्नै गाउँमा घटेको घटना पनि हो, मैले आफैंले भोगेको घटना पनि हो ।” सपुतले बताए अनुसार गीत बनाउँदै गर्दा कयौं पटक विदेशमै मृत्यु भएका छिमेकीलाई सम्झिनु भएको थियो । 

गीतले बाध्यताले विदेशिएका, उतै अस्ताएकाहरुको कथा र त्यसपछाडिको नेपाली समाज र परम्परा पनि छ । कथा मात्रै होइन, यो निरन्तरतामा क्रमभंगता पनि गीतले खोजिरहेको छ । 

पछिल्लो एक वर्षमा एक हजार भन्दा धेरै नेपालीको मृत्यु विदेशमै भएको छ । यो डर लाग्दो तथ्यांङ्क, सरकारले देखेन होला ? कि देखेर पनि नदेखे झैं ग¥यो ? सर्जक प्रकाश सपुत भन्नुहुन्छ, यो गीतले कुर्सीमा बसेकाहरुलाई वैदेशिक रोजगारीमा जानेहरुको बारे सोंच्न थोरै भए पनि दवाव पुग्ला !

पर्याप्त तालिम, सीप अनि सुरक्षाको ग्यारेन्टी छैन । ९८ प्रतिशत नेपाली अदक्ष भइकनै बैदेशिक रोजगारमा जान्छन् र उनीहरुमध्ये केहीका लागि विदेश मृत्युकुण्ड झैँं बनेको छ । बोल माया बोल बोलको गीतले नेपाली लोकगीत क्षेत्रमा फरक पहिचान बनाएको छ । गायन शैली, भाका अन्य गीतहरु भन्दा भिन्न छ । यो गीतले गायिका शान्ती श्री परियारलाई पनि छुट्टै पहिचान दिलाएको छ । 

“महाकवी देवकोटाले मेरा सबै कृति जलाई दिनु मुनामदन नजलाउनु भने झैं, प्रकाश सपुतले पनि “बोल माया” गीतको उचाई अन्य सिर्जना भन्दा माथि रहेको बताउनुभयो । 

यहि गीतका कारण सर्जक प्रकाश सपुत र गायिका शान्ती श्री परियारलाई अन्तरवार्ता दिन भ्याई नभ्याई छ हिजोआज । गीत सबैले मन पराएका भए पनि सर्जक प्रकाश सपुतलाई भने यस्ता गीतहरु फेरिफेरि लेख्न नपरे हुन्थ्यो भन्ने लाग्छ ।

“बोल माया”... बोलको गीत वैदेशिक रोजगारी जानेहरु, उर्तै मृत्युबरण गर्ने र उनका परिवारजन तथा छरछिमेकको सिंगो कथा त हो नै, सामाजिक सञ्जाल, युट्युबलगायतमा दर्शकहरुको प्रशंसा बढरिहेको छ र स्वयम् सर्जकको लागि पनि अमूल्य कृति बनेको छ । “महाकवी देवकोटाले मेरा सबै कृति जलाई दिनु मुनामदन नजलाउनु भने झैं, प्रकाश सपुतले पनि “बोल माया” गीतको उचाई अन्य सिर्जना भन्दा माथि रहेको बताउनुभयो । 

सुन्दै जाँदा गीतले भावुक बनाउँछ किन कि गीतले देशको दिशा मात्र देखाएको छैन, छोराको मृत्युमा समाजले बुहारीमाथि थोपर्ने अनेक आरोपहरुको पनि वर्णन गरेको छ । यथार्थ धरातलमा उभिएर लेखिने गीत र गाउँघर, बस्तीबाट टिपिने भाकाहरुले कसरी स्रोता तथा दर्शकको मन जित्नसक्छन् भन्ने उदाहरण पनि यो गीतले दिएको छ ।  

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार