वार्षिकोत्सवको अवसरमा सीआईएनद्वारा रक्तदान

प्रकाशित मिति: 2018-05-27

सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्धारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सीआइएनले ९ औं वार्षिकोत्सवको अवसर पारेर आज रक्तदान कार्यक्रमको गरेको छ ।

चाकुपाटस्थित कार्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।

सीआईएनका म्यानेजर दीपक​ आचार्यले अहिले देखिएको रगतको अभाबलाई थोरै भएपनि कम गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।  

अकोराबका कार्यकारी निर्देशक आरसी लामिछानेले रगत अभाबका समयमा थोरै भएपनि योगदान गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । 
 

तपाईंको बिचार