प्रकाश दाहालको स्मृतीमा ७३ जनाले गरे रक्तदान

प्रकाशित मिति: 2018-05-26

तत्कालिन माओवादीका नेता तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा स्वर्गिय प्रकाश दाहालको स्मृतीमा सगरमाथा आरोही संघले गरेको रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् । 

सन् २०१२ मे २६ मा दाहालले सगरमाथा चुचुरो चढेको दिन पारेर रक्तदानको आयोजना गरिएको हो ।  

काठमाण्डौको पर्यटन बोर्डमा आयोजना गरिएको रक्तदानमा नेकपाका अध्यक्ष प्रचण्ड लगाएत नेताहरुको पनि उपस्थिति रहेको थियो । 

खानेपानी तथा सरसफाईमन्त्री बीना मगर, प्रचण्डका ज्वाईहरु तथा अरु नेता कार्यकर्ताले रक्तदान गरेका छन् । 

कार्यक्रममा प्रचण्डले रक्तदान कार्यक्रमले सगरमाथा आरोहण गर्ने सबैको सम्मान भएको बताउनुभयो । 

तपाईंको बिचार