बाजुुराका विभिन्न सामुदायीक वनहरुमा भएको स्थानिय जातको जैतुनको संकलन र प्रशोधन हुन नसक्दा बाजुराले बार्षिक ४० करोडौं रुपैयाँ बरावरको जैतुन खेर फाल्न बाध्य छ ।
“बाजुराको विभिन्न ठाउँका जंगलमा भएको जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेसिन भित्र्याउन सके बाजुराले ४० करोडको जैतुन तेल अहिले पनि बेच्न सक्ने अनुसन्धानबाट देखिएको जैतुन कार्यान्वयन एकाई जोन सञ्चालक समितिका अध्यक्ष जंगबहादुर विष्टले बताउनु भयो ।
तर स्थानीयले जैतुनका बोट काटेर गाई बाख्रालाई खुवाउने गरेका छन् । बाजुराका विभिन्न जंगलमा फल्ने करोडौं मूल्य बराबरको जैतुन संकलन नहुदा चराचुरुङगीको आहारा हुने गरेको छ । स्थानिय जातको जैतुनले दिने फलको संकलन र प्रशोधन नहुदा त्यो चराचुरुङगीले खानु बाहेक अरु उपयोग हुन सकिरहेको छैन ।
बाजुरालाई जैतुन जोनको जिल्लाका रुपमा विस्तार गर्न सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइको स्थापना गरी काम अगाडी बढाइ रहेको छ । बाजुरामा हाल ६ सय ६९ हेक्टरमा जंगली जैतुन रहेको र यो बर्ष पनि बोटमा पूmलको मात्रा राम्रो रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना जैतुन कार्यान्वयन इकाई पिलुचौर बाजुराका निमित्त प्रमुख शालिकराम गौतमले बताउनु भयो ।
“शुरु शुरुमा त स्थानियमा चेतनाको अभाव थियो, जैतुनलाई घाँसका रुपमा प्रयोग गरिन्थ्यो तर अहिले विस्तारै मानिसहरु जैतुन सम्वन्धी बुझ्न लागेका छन एक प्रकारको उत्साह छ” गौतमले भन्नु भयो ।
नेपालका बाजुरा, बझाङ, डोल्पा, अछाम, मुगु, हुम्ला, जुम्ला, कालिकोट लगायतका जिल्ला जैतुन खेतिको सम्भाब्य जिल्लामा पर्दछन । विश्वमा ३० प्रजातिका जैतुन फेला परेको र जसमध्य ओलिया युरोपिया प्रजातिको खेति युरोपका देशहरुमा ब्यवसायीक रुपमा हुदै आएको भने ओलिया कास्पीडेटा प्रजातिको भने ब्यावसायीक खेती हुन सकिरहेको छैन ।
जोन कार्यालयले पहिले स्थानिय प्रजातिकै जैतुनको संरक्षण र प्रयोग गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विभिन्न सामुदायीक वनहरुलाई जैतुन संकलनका लागि तरिका सिकाएर जैतुनको फल संकलन गर्ने त्रिपालहरु समेत वितरण गरिएको जनाएको छ ।
स्थानियले केहि मात्रामा जैतुनको फल संकलन गरे पनि अनुसन्धान फार्म कोल्टीमा रहेको जैतुन प्रशोधन मेसिन विग्रिए पछि गतबर्षको फल समेत त्यसै खेर गएको थियो । जैतुनको तेल प्रशोधन मेशिन चलाउनका लागि प्राविधिक नभएकै कारण उक्त मेसिन राम्रो संग सञ्चालन गर्न नसकिएको तत्कालिन जैतुन अनुसन्धान फार्मका प्रमुख जनेश भण्डारीले बताउनु भएको छ ।
उहाँले मर्मत सम्भारका लागि प्राविधिक पनि नभएकोले समस्या भै रहेको भए पनि यहाँको स्थानिय जातको जैतुन पेल्न मिल्ने खालको अर्को मेसिनको माग समेत गरिएको बताउनु भएको छ । बाजुरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाजुरालाई जैतुनको सुपरजोन निमार्ण गर्नका लागि कार्यक्रम अघि बढाई रहेको छ । साविकका वाई, जुकोट, जगन्नाथ र बाधु गाविसमा सञ्चालन भै रहेको कार्यक्रममा यो बर्ष १५ वटा नयाँ बगैचा तथा पकेट क्षेत्रको थप भएको छ ।
आगामी बर्षका लागि कृषको माग बढ्ने क्रममा रहेको जोन कार्यालयका निमित्त प्रमुख शालिकराम गौतमले बताउनु भयो । एक सय हेक्टरको ५ वटा ब्लक निमार्ण गरेपछि जोन हुने र त्यस्तो जोन दुईवटा विस्तार गरेको खण्डमा सुपरजोन घोषणा गरिने प्रावधान अुनुरुप अहिले बगैचा र ब्लक विस्तारको तयारीमा आफूहरु रहेको जोन कार्यालयका अधिकारीले बताएका छन ।
सुपरजोन निमार्ण हुदा जिल्लामा जैतुनको बृहत ब्यवसायीक उत्पादन तथा औद्योगिक क्षेत्रका रुपमा विस्तार हुने हुदा स्थानिय तहहरु र स्थानियले समेत जैतुन खेतीलाई विस्तार गर्नु पर्ने अधिकारीहरुको भनाई छ । बाजुराका साविकका चार वटा गाविसमा जैतुन जोन कार्यालयको कार्यक्रम लागु भइरहेको छ भने बाजुराका अन्य पाँच वटा गाविसलाई पनि कार्यक्रममा समावेस गर्न सिफारिस गरिएको जोन सञ्चालक समितिले जनाएको छ ।
जैतुन खेतीगर्ने कृषको संख्यामा उल्लेख्य बृद्धि गर्न भन्दै हाल सम्म ५ सय घरपरिवारलाई जैतुन सम्वन्धी जानकारीका लागि तालिम समेत प्रदान गरिएको जोन कार्यालयले जनाएको छ । ११ बर्ष पहिले बाजुराको कोल्टीमा जैतुन फार्मको स्थापना गरी बाजुरामा जैतुन खेती सम्भावनाको लागि अध्ययन गरिएपछि अध्ययनले सिफारिस गरेका चार जात मारिना, बोसना, एस्कोलाना र क्यासानेज जात अतिउत्तम ठहरिएका छन । यहि बाहेकका नोचेलारा, लेचिनो पेन्डोलिनो कोराटिना रोसिखोला, चिप्रेसिनो जात पनि राम्रो मानिएको जात भित्र पर्दछन ।
गरिव जिल्ला बाजुरामा जैतुन तथा अन्य फलफूलको ब्यवसायीक खेतीगर्न सके मात्र गरिवी घटाउन सकिने कतिपयको तर्क छ । जैतुन सयौं बर्ष सम्म पनि जिवित रहेर फल दिइ रहन सक्ने र सधै हरियो भै रहेने फलफूल बाली भित्र पर्दछ । जैतुनमा खान र घस्न मिल्ने सर्वोत्कृष्ठ तेल हुने भएकाले तेलहन बालीका रुपमा पनि लिइन्छ । जैतुनको तेलको नियमित प्रयोगले मधुमेह, मुटुरोग, उच्च रक्तचाप जस्ता दिर्घरोगलाई नियन्त्रण गर्छ भने रोग प्रतिरोध क्षमता समेत बढाउने विज्ञहरुले बताउदै आएका छन ।
तेल बाहेक आयुर्बेदिक औषधी, सावुन, सेन्ट, कस्मेटिक सामग्ी बनाउन समेत जैतुनको प्रयोग हुदै आएको छ । प्रतिलिटर २५ सय देखि ३ हजार रुपैयाँ सम्म पर्ने जैतुन तेल महंगो तेलमा पर्दछ । जैतुनको खेतीले वन र बातावरणमा समेत सुधार ल्याउने हुदा यसले कृषि पर्यटनमा समेत टेवा पुग्ने हुदा ब्यवसायीक खेतीगर्न अधिकारीहरुले जोड दिएका छन ।
नेपालको उत्तरपश्चिम क्षेत्र भेरी र कर्णाली नदीको आसपास समशीतोष्ण जलवायुमा परापूर्वकाल देखि जंगली अवस्थामा हुर्कदै आएको रैथाने जैतुन÷लौंठ ओलीया कास्पीडेटा समूहको जैतुन विकट क्षेत्रमा भएकै कारण सरकारले पनि ध्यान दिन नसकेको र त्यसको उपयोग पनि हुन नसकेको अधिकारीहरु बताउन्छन ।
नेपालका बाजुरा, बझाङ, डोल्पा, अछाम, मुगु, हुम्ला, जुम्ला, कालिकोट लगायतका जिल्ला जैतुन खेतिको सम्भाब्य जिल्लामा पर्दछन । विश्वमा ३० प्रजातिका जैतुन फेला परेको र जसमध्य ओलिया युरोपिया प्रजातिको खेति युरोपका देशहरुमा ब्यवसायीक रुपमा हुदै आएको भने ओलिया कास्पीडेटा प्रजातिको भने ब्यावसायीक खेती हुन सकिरहेको छैन ।
तपाईंको बिचार