नेपालकै लामो तथा मुख्य नदी कर्णालीमा पानीको सतह घटेको छ । चैत्र बैशाखमा समयमा पानीको सतह तुलनात्मक रुपमा कम नै हुने गरेको भएपनि अहिले पानीको सहत धेरै घटेको स्थानीयहरुले बताएका छन् । कुनै, कुनै स्थानमा कर्णाली नदीको सतह मानिसले जंघार तर्न मिल्ने गरी घटेको छ । कर्णाली नदीको सतह घटेकै कारण बाजुराको कर्णाली नदी पारीको गाउँपालिकाले बाटो निमार्ण गर्न स्काभेटर कर्णाली नदीबाटै पार गरेर लगेको छ ।
नदीको सहत पातलो भएको स्थानमा स्काभेटरले सजिलै पार गरेको हो । नेपालकै लामो तथा मुख्य नदी भित्र पर्ने कर्णाली नदीमा स्काभेटरले सजिलै पार गरे पछि स्थानिय अच्चम्मा परेका छन । नदीमा पानी घट्दै जानुलाई वातावरणविदहरुले जलवायु परिवर्तनको असरको रुपमा लिएका छन् ।
दशक अगाडीको बैशाखको समयको मौसम र अहिलेको मौसममा पनि वाजुरावासीले निकै फरक महसुस गरेका छन् । यो कस्तो असाढ (असार) जस्तै छ, कुइडो (कुहिरो) पनि लाग्दो, पोरपुडा (विगतमा) यस्तो त कहाँ छियो (थियो) , बाजुराका जयवहादुर कार्की बताउनुहुन्छ ।
विगत पाँच,सात बर्ष देखि मौसममा निकै फेरबदल हुदै गई रहेको स्थानियको भनाई छ । असार पहिलो साता देखि शुरु हुने झरी बैशाख दोस्रो साता देखि नै शुरु भएको छ । पानी परेपनि विगत भन्दा गर्मी बढेको महसुस पनि स्थानियले गरेका छन । गर्मि बढेसंगै पछिल्लो समय किट जन्य रोगहरुको प्रकोप पनि बढेको छ ।
हिमाली जिल्ला भएपनि बाजुरामा लामटुट्टेको प्रकोप बढ्दो क्रममा छ । गत बर्ष मात्र बाजुरामा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगको संक्रमण फैलिए पछि इपिडेमियोलोजि तथा रोग नियन्त्रण महाँशाखाले नै लामखुट्टे मार्न विषादी छर्किएको थियो । “पोरपुडा त तराई तिर गया पछि औलो लाग्दो छ भन्दा छिया, अव त याँ पनि औलो रोग आयो भन्दा छन, क्या जमना आयाहुन,” स्वामीकार्तिक खापर गाउँपालिका चार की ७९ बर्षीया मुक्तिसरा जोशीले भन्नुभयो ।
गर्मि समयमा पनि बाजुराका अग्ला डाँडाकाँडामा हिउँ परेको देख्दा स्थानिय झन अच्चम्ममा परेका छन । स्वामीकार्तिक चारका मैना जोशी भन्नुहुन्छ, “विगत बर्षहरुमा फागुन भन्दा पछि हिउँ परेको कमै देखिन्थ्यो, अलि माथि तिरका हिमाली भेगमा समेत हिउँ पाइदैन थियो, यो बर्ष त आज सम्म पनि हिमपात भै रहेको छ” । असारको जस्तै सिम सिम पानी पर्ने र हिमाल तिर विहानै हिउँ पनि पर्ने गरेको छ ।

फागुन लागेपछि मात्रै फूल्ने लालिगुराँस पछिल्ला बर्षहरुमा पुस अन्तिम साता वा माघको पहिलो साता नै फूलिसक्ने गरेका छन् । केराहरु उत्पादन नहुने बाजुराको लेकमा अहिले केरा उत्पादन हुन थालेको छ । विगतमा स्याउ फल्ने बाजुराको जुकोटका उच्च भेगमा अहिले केरा फल्न थालेको जुकोटका स्थानिय उमेशजंग शाहीले बताउनुभयो ।
दशक अगाडीको बैशाखको समयको मौसम र अहिलेको मौसममा पनि वाजुरावासीले निकै फरक महसुस गरेका छन् । यो कस्तो असाढ (असार) जस्तै छ, कुइडो (कुहिरो) पनि लाग्दो, पोरपुडा (विगतमा) यस्तो त कहाँ छियो (थियो) , बाजुराका जयवहादुर कार्की बताउनुहुन्छ ।
जलवायु परिर्वतनको प्रभावका कारण प्रकृतीमा पनि असर गरेको जानकारहरु बताउछन् । विश्वब्यापी तापक्रम बृद्धिले हिमाली क्षेत्रमा औषत ०.६ डिग्री सेल्सीयसमा तापक्रम बृद्धि भई रहेको छ । १० बर्ष पहिले जाडो याममा बेसी तर्फ लेकका समुदाय बेसी झर्न छोडेका छन । अहिले जोडोको कम महशुस हुने बताउनुहुन्छ स्थानीय दावा गुरुङ ।
मौसम पूर्वानुमान महाँसाखाका मौसम विद मिनकुमार अ¥र्याल पछिल्लो समयको विश्वब्यापी तापक्रम बृद्धिले नेपालको हिमाली क्षेत्र बढी प्रभावित भएको बताउनुहुन्छ । यसले पृथ्वीको मौसम चक्रमा समेत समस्या पर्न गएको अनुमान गरिएको मौसम विद अ¥र्यालले बताउनुभयो ।
विश्वका विकशित देशहरुले उत्सर्जन गरेको कारवनले नेपाल जस्तो देशमा गम्भीर असर देखिन शुरु गरेकाले सरकार बेलैमा सचेत हुनु पर्ने वातावरणविदहरु बताउछन् । सुदुरपश्चिममा पछिल्लो समय खानेपानीको मुहानहरु सुक्दै गएका छन भने विभिन्न मौसमी रोगको संक्रमण बढ्दो क्रममा छ ।
तपाईंको बिचार