कुरिति अन्त्यमा शिक्षकको भूमिका

प्रकाशित मिति: 2018-05-04
कौशिला रिसाल
शिक्षक अर्थात् गुरुका सम्बन्धमा संस्कृतमा एउटा श्लोक छ 
गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
‘गुरु नै ब्रह्मा, गुरु नै विष्णु र गुरु नै महेश्वर हुन् । गुरु नै साक्षत् परब्रह्म हुनाले ती गुरुलाई  नमस्कार छ’ ।
उक्त श्लोकमा गुरुप्रति सबैभन्दा उच्च सम्मान व्यक्त गरिएको छ । यस श्लोकले हिजोका दिनमा गुरुलाई हेर्ने दृष्टिकोण र गुरुको महत्व प्रस्ट पार्छ । श्रीमद्भगवद्गीतामा अर्जुनले कृष्णलाई “म तिम्रो शरणमा आएको शिष्य हुँ, सही मार्गदर्शन गराऊ” भनेको वाक्यलाई यसरी व्यक्त गरिएको छ –
 
शिष्यस्तेः हं शाधि मां त्वां प्रपन्नम् ।। 
यसबाट हामी के कुरामा स्पष्ट हुनुपर्छ भने गुरु सबैका मार्गदर्शक हुन् । जस्तोसुकै अप्ठ्यारो स्थितिमा पनि गुरुको सही निर्देशनले सबै अन्धकार हटेर जान्छ र सुमार्ग पहिल्याउन मद्दत पुग्छ । 
 
नेपाली शब्दसागरमा गुरु शब्दको अर्थ बुद्धि, बल, विद्या उमेर, आदिमा पूज्य र आदरणीय व्यक्तिको रूपमा
अथ्र्याइएको छ । मेरो आफ्नो विचारमा शिक्षक शब्दका प्रत्येक अक्षरका अर्थलाई यसरी हेर्दा पनि हुन्छ ।
शि – शिक्षा (शिक्षा हासिल गरेको व्यक्ति)
क्ष – क्षमाशील (क्षमा दिन सक्ने)
क – कर्मशील (निरन्तर कर्ममा लागिरहने)
 
यति उदाहरण प्रस्तुत गरिसकेपछि ‘शिक्षक’ शब्दको पर्यायवाची अर्थका लागि अन्य शब्दको खोजीमा लाग्नुपरेन । तिनै माथि उल्लेखित अर्थ नै काफी छन् । अन्य साधारण व्यक्तिलाई भन्दा गुरुलाई नैतिक बल, बुद्धि ज्ञान अनुभव र उमेरमा उच्च नै मानिन्छ । यसलाई यसरी पनि बुझ्दा हुन्छ, सामाजिक रूपमा शिक्षकको बेग्लै प्रतिष्ठा हुन्छ र शिक्षण प्रतिष्ठित पेसा हो । प्रत्येक शिक्षकको काँधमा बालबालिकालाई सही मार्गमा अभिप्रेरित गर्ने कठिन कार्यको जिम्मेवारी हुन्छ । 
आजका विद्यार्थी नै हाम्रा समाजका भोलिका प्रतिनिधि हुन् । उनीहरूलाई देशको कानुनका बारेमा सिकाउन जरुरी छ । मुलुकी ऐनको बहुविवाहसम्बन्धी कानुन, दाइजो सम्बन्धी कानुनमा उल्लेख भएका कानुनी व्यवस्थामा जानकार रहन सकेमा विद्यार्थीलाई प्रशिक्षित गर्न सजिलो हुन्छ । मुलुकी ऐनको बिहावारी महल नं २ मा बालविवाह गर्नेलाई र यौन दुव्र्यवहार गर्नेलाई एक वर्ष कैद र १० हजारसम्मको जरिवाना हुने व्यवस्था छ । 
 
 
 
 
 
 
 
 

 

के हो सामाजिक सरोकार ?

समाजले मानिआएका विविध खाले संस्कार र सांस्कृतिक प्रचलनहरूमा सकारात्मक नकारात्मक दुबै पक्षबाट केलाउनु सामाजिक सरोकार अन्तर्गत पर्दछ । त्यस्तै मानवीय हित विपरीतका सामाजिक क्रियाकलाप, फरक लिङ्गको पहिचानका आधारमा विभेद गर्नु । संस्कृतिको आडमा विकृतिलाई प्रश्रय दिइनु आदि कुरामा ध्यान पु¥याउनु सामाजिक सरोकारका विषय हुन् ।
 
हाम्रा सामाजिक सांस्कृतिक प्रचलनहरू हाम्रा लागि ठिक छन् या छैनन् भन्नेमा शिक्षित नागरिकले सरोकारको विषय बनाउनुपर्छ । हाम्रा पुर्खाले मान्दै आएका विविध खाले सामाजिक चलन चल्तीका कुन कुन कार्यलाई नियमितता दिने या नदिने यिनले समाजलाई कुन दिशातर्फ अग्रसर गराइरहेका छन् । मानवीय अस्तित्वका दृष्टिले कति उपयुक्त छन् ? यी कुरामा आफ्नो विवेकपूर्ण दृष्टिकोण नै चासो हो । ठिक छ भने कुन मानेमा ठिक छ र छैन भने कति कारणले छैन कारण सहित यसको परिमार्जनमा पुग्नु पनि चासो र सरोकारको परिभाषा भित्र पर्दछ ।  
 
सामाजिक समस्या के छन् ?
 
नेपालका कतिपय सामाजिक सांस्कृतिक प्रचलन लैङ्गिक तथा वर्गीय दृष्टिले ठिक छैनन् । महिला भएकै कारण विविध किसिमका विभेद गरी मानसिक तथा शारीरिक किसिमको चोट पु¥याउनु लैङ्गिक हिंसा हो । नेपालको सन्दर्भमा यौनिक हिंसा पनि जटिल समस्या हो । विपन्न भएकै कारण कतिपयले उच्च वर्गको दम्भको सिकार हुनुपरेका कतिपय घटनाहरू देख्न र सुन्नमा आइरहन्छन् । आजका दिनसम्म पनि चेलीबेटी बेचबिखन, बालविवाह, दाइजो प्रथा, छाउपडी प्रथा, तलाक प्रथा, बोक्सीको आरोप, कमलरी प्रथा लगायत थुप्रै कुप्रथाले निरन्तरता पाइरहेका छन् ।
 
सती प्रथा, बली प्रथा, जस्ता केही प्रथाहरू उन्मूलन भए पनि माथि उल्लेख गरिएका कतिपय प्रथाहरूका नाममा महिला तथा बालिका हिंसाका घटना यथावत् रहेका छन् । घरका महिला स्वास्थ्यमा कमजोर भए पनि व्रत बस्न कर गर्नु तथा पतिको गोडाको पानी खान लगाउनु सांस्कृतिक हिंसा हो । त्यस्तै बहुविवाह बालविवाह, महिनावारी वा नछुने बार्न लगाउने अन्तर्जातीय विवाह गरेकै कारण मानसिक तथा शारीरिक यातना दिने आदि सांस्कृतिक हिंसा अन्तर्गत नै पर्दछन् ।
 
पछिल्लो ५÷७ वर्ष यताको सामाजिक हिंसाका घटनालाई हेर्ने हो भने पनि थुप्रै शिक्षक कुप्रथा र कुसंस्कारको झोले भएका छन् । विद्यालयका शिक्षक मुछिएका यस्ता धेरै घटना छन् । ०६६ सालमा सुनसरीको एउटा विद्यालयमा एकजना एकल महिलाका तीन छोराछारीलाई विद्यालयबाट निष्कासन गरियो । यसमा कम्तीमा पनि विद्यालयका प्रअले त सोच्नुपर्दथ्यो ।
 
दुई वर्ष अगाडि ललितपुरमा एकजना लामा थरकी शिक्षकले दलित महिलालाई उनका नाबालक छोराकै सामुन्न्ने कुटी कुटी हत्या गर्न लगाइयो । पछिल्लो समय कैलालीको घोडाघडी नगरपालिकामा निर्मम घटना घट्यो । भर्खर माध्यमिक तहमा पढ्दै गरेकी १८ वर्से युवती राधा चौधरीमाथि बोक्सीको आरोप लगाएर ६ घण्टासम्म निर्मम हिंसा गरियो । उनी पढेकै विद्यालयका पूर्व शिक्षक अङ्ग्रेजी विषयमा एमए गरेका उक्त नगरपालिकाका अहिलेका मेयर ममताप्रसादले उक्त घटनाका सम्बन्धमा सञ्चार माध्यममा गैरजिम्मेवार अन्तवार्ता दिएर सबैलाई लज्जाबोध गराए । यी त एकाध उदाहरण मात्र हुन् ।
 

 सती प्रथा, बली प्रथा, जस्ता केही प्रथाहरू उन्मूलन भए पनि माथि उल्लेख गरिएका कतिपय प्रथाहरूका नाममा महिला तथा बालिका हिंसाका घटना यथावत् रहेका छन् । घरका महिला स्वास्थ्यमा कमजोर भए पनि व्रत बस्न कर गर्नु तथा पतिको गोडाको पानी खान लगाउनु सांस्कृतिक हिंसा हो ।

 
 
 
 
 
विद्यालय स्तरमा पढाउने अधिकांश शिक्षकमा भएको चेतनास्तरका कारण स्वयम् शिक्षकबाटै विद्यार्थी बलात्कृत हुने गरेका घटना बारम्बार सार्वजनिक भइरहेका छन् । तसर्थ समाजमा यस्ता घटना घट्नमा  प्रत्यक्ष अप्रत्यक्ष रूपमा शिक्षक जिम्मेवार छन् ।
 
के गर्न सक्छन् शिक्षकले ?

अधिकांश पीडित महिला, एकल महिला, दलित महिला, आर्थिक रूपले विपन्न महिला नै हिंसाका सिकार हुने गरेका छन् । धर्मले होइन मिहिनेत र कर्मले सफल बनिन्छ भन्ने सिकाउनु शिक्षकको धर्म हो । पूजाआजा र धर्ममा विश्वासको कुरा ल्याएर प्रोत्साहन गर्ने भन्दा पनि मानव धर्ममा लाग्न प्रेरित गर्नुपर्छ । समाजका हरेक पक्षसँग शिक्षकले सरोकार राख्ने दायित्व निर्वाह गर्नुपर्छ । मानवहित विपरीतका विषयलाई सरोकारका रूपमा लिएर त्यसको विरुद्धमा बालबालिकालाई लाग्न अभिप्ररित गर्नु शिक्षकको दायित्व हो ।

महिलामाथि हुने सबै हिंसालाई मातृत्वसँग जोडेर हेर्न सिकाउनुपर्छ । बालबालिकालाई अरुलाई नदुखाई खुसी हुन सिकाउनुपर्छ । सबैलाई आफ्नै सन्तान सरह व्यवहार गर्न अभिभावकलाई प्रोत्साहित गर्नुपर्छ । हिंसामा पर्ने व्यक्ति आफ्नै छोरी, श्रीमती, बुहारी, भान्जी वा नजिकको आफन्त हुँदा कस्तो हुन्छ ? कम्तीमा पनि त्यो ठाउँमा उभिएर शिक्षकले पनि एकपटक सोच्ने बेला आएको छ । 

बालबालिकालाई आफ्ना कुरा धक नमानीकन भन्न प्रोत्साहित गर्न सिकौँ । नराम्रा सङ्केतको प्रतिकार गर्न हिम्मत दिऔँ । कम्तीमा पनि यस्ता हिंसात्मक घटनामा संलग्न रहनेलाई कानुनले के कस्तो किसिमले दण्डित गर्दछ हामी शिक्षकले थाहा पाइराख्नुपर्दछ । कानुन सिकाउने जिम्मा पनि हामी शिक्षकको हुनुपर्छ । नेपालको संविधान २०७२ मा कम्तीमा पनि के लेखिएको छ त्यसमा सरोकार राख्नु शिक्षकको दायित्व हो ।
 
पीडित सशक्त हुन सके मात्र पीडक निरुत्साहित हुन सक्छ । घटना घटेको समयमा पीडित र पीडक दुबै पक्षका आक्रोसित हुन्छन् । यो स्वभाविक हो । यति बेला कसैको कुराले कोही सम्झने र मनन गर्नेवाला छैनन् । अघिपछि विद्यालय यस्तो थलो बनोस् त्यहाँ जनचेतना सम्बन्धी कक्षा सञ्चालन होस् । 
 
न्यूनतम रूपमा देशको कानुन शिक्षकले जानिराखौँ 
सामाजिक मान्यता विपरीत घटनाका अधिकांश कारण अशिक्षा, पछौटेपन, समाजमा चलिआएका संस्कृति परम्परा नै प्रमुख हुन् । देशका युवा रोजगारीका सिलसिलामा विदेश पलायन हुँदा पनि यस्ता अधिकांश घटना घट्ने गरेका छन् ।
 
यस्ता खालका घटना घटिसकेपछि समाजका लाजले परिवारका इज्जतको डर देखाएर गरिएको दबाबका कारणले कानुनसम्म पुग्न निकै झन्झटिलो अवस्था छ । यसमा सम्बन्धित निकाय तथा सरोकारवालाको ध्यान जानु जरुरी छ । हामी सधैँ यही लेख्छौँ भाषण पनि गछौँ तर को हुन् सम्बन्धित निकाय ? प्रथमतः नेपालको कानुन हो ।
 
कानुनमा लेखिएको व्यवस्थाले कुनै पनि घटनामा संलग्नलाई कारर्वाही गर्न समस्या छैन । मुख्य गरी हाम्रो नियति र आचरणको कुरा आउँछ । घटना लुकाउन खोज्न्ने । कानुनी कार्वाहीको प्रक्रियालाई झन्झटिलो बनाइदिने । यी सबै हाम्रा खराब आचरण हुन् । यसमा कम्तीमा शिक्षकले औँला उठाउन सक्नुपर्छ । शिक्षकको भूमिका पीडितको हितमा हुनुपर्छ
 
आजका विद्यार्थी नै हाम्रा समाजका भोलिका प्रतिनिधि हुन् । उनीहरूलाई देशको कानुनका बारेमा सिकाउन जरुरी छ । मुलुकी ऐनको बहुविवाहसम्बन्धी कानुन, दाइजो सम्बन्धी कानुनमा उल्लेख भएका कानुनी व्यवस्थामा जानकार रहन सकेमा विद्यार्थीलाई प्रशिक्षित गर्न सजिलो हुन्छ । मुलुकी ऐनको बिहावारी महल नं २ मा बालविवाह गर्नेलाई र यौन दुव्र्यवहार गर्नेलाई एक वर्ष कैद र १० हजारसम्मको जरिवाना हुने व्यवस्था छ ।
 
दाइजो लिने÷ दिनेलाई बिगो जफत गरी १२ हजार रुपैँयादेखि १५ हजारसम्म जरिवाना र ३० दिनसम्म कैद वा दुबै सजाय हुने व्यवस्था उल्लेख छ । विवाहमा केटी पक्षसँग केटा पक्षले गहना वा नगद मागेमा बिगो जफत गरी १२ हजारदेखि १५ हजारसम्म वा एकवर्ष कैद वा दुबै सजाय हुनेछ भनी उल्लेख गरिएको छ । गाली बेइज्जती जस्तो सार्वजनिक अपराध ऐनमा पनि महिला विरुद्ध हुने हिंसालाई नियन्त्रण गर्ने कानुन छ । यसमा शिक्षकले थोरै मात्र भए पनि चासो राख्न सकेको खण्डमा सामाजिक अपराधका घटनामा कमी आउन सक्छ ।
 
यसमा राज्यसत्ता पहिलो जिम्मेवार हो । दोस्रो हामी शिक्षक महत्वपूर्ण अङ्ग हौँ किनभने हामीले घटनालाई रोक्ने प्रयासमा निरन्तर प्रशिक्षित गरिरहन सक्छौँ । देशको भविष्य बोकेका ठूला जमातसँगै हामी छौँ । हामी दिनहुँ ५÷६ घण्टा उनीहरूसँगै रहन्छौँ । राजनीतिक कार्यकर्ता र नेता त केवल चुनावी माहोलमा मात्र देखिने न हुन् ।
 
तसर्थ हामी सम्पूर्ण शिक्षकले आफूले आफूलाई नढाँटी भनौँ हामी अनेक प्रकारका हिंसा रोक्न प्रयासरत छौैँ । एक दिन हामी हिंसारहीत मुलुक बनाउँनेछौँ । हामी देशभरका साममुदायिक तथा संस्थागत विद्यालयका शिक्षकले लाखौँ बालबालिकालाई विभिन्न किसिमका कुप्रथा र मानवीय हिंसाका विरुद्धमा आवाज उठाउँन सिकाऔँ । 
 
निष्कर्ष
बुद्धले भनेजस्तो शिक्षकले दिने शिक्षा ‘बहुजन हिताय बहुजन सुखाय’ सँग जोडिएको हुनुपर्छ । शिक्षकले राष्ट्रको सामाजिक सांस्कृतिक रूपान्तरणमा जोड दिनुपर्छ । दिनभर यति पिरेड पढाएँ । फलानो किताबको यति कोर्स बाँकी छ भन्नुभन्दा पनि मैले आज विद्यार्थीलाई के सिकाएँ ? उनीहरूले मबाट नयाँ कुरा के सिके ? साँच्चै समाज परिवर्तनका लागि मेरो भूमिका गहन छ त ?
 
म जागिर मात्रै खानका लागि मास्टर हुने कि एउटा समाजसेवी भएर समाज परिवर्तनमा सहयोग गर्ने ? नेपाली समाजको वर्तमान परिवेश ठिक छ त ? छैन भने कस्तो परिमार्जन आवश्यक छ ? यस विषयमा आजका शिक्षकले सोच्ने बेला आएको छ ।
 
लेखक नमूना महिला विद्यालय (वैकल्पिक) काठमाडौँका प्रधानाध्यापक हुनुहुन्छ ​


 

तपाईंको बिचार