ठाडी भाकामा मनका बह

छाउपडिविरुद्धको सन्देश पनि गीतबाटै (अडियो)

प्रकाशित मिति: 2018-03-21

सुदूरपश्चिम र देउडा भाका एकअर्काका पर्यावाची छन् । यसभित्र पनि ठाडी भाकामा संस्कृतिदेखि जीवनका उतारचढावका अनेक रङ्ग सुन्न सकिन्छ । मनोरञ्जनको लागि मात्रै नभइ ठाडी भाका महिलाहरुका दुःख बिसाउने र सुःख बाँड्ने माध्यम बनेका छन् । देउडा र ठाडी भाकाबाट महिलाहरुले आफ्ना दुःखका भारी मात्रै बिसाउदैनन्, बिकास निर्माण र चेतनाको कुरा पनि दर्शाउछन् । 

मनोरञ्जनको लागि मात्रै नभइ ठाडी भाका महिलाहरुका दुःख बिसाउने र सुःख बाँड्ने माध्यम बनेका छन् । देउडा र ठाडी भाकाबाट महिलाहरुले आफ्ना दुःखका भारी मात्रै बिसाउदैनन्, बिकास निर्माण र चेतनाको कुरा पनि दर्शाउछन् । 

महिला पुरुष दुबैले हातमा, हात मिलाएर गोडाको चाल मिलाउदै देउडा गाईन्छ । ठाडी भाका भने मेलापात, उत्सब, घाँस दाउरा गर्दा जता पनि गाईन्छ । ठाडी भाका विशेषतः महिलाहरुमा प्रिय छ । मनमा हर्ष छाउदा होस् वा दुः ख हुदा महिलाहरु ठाडी भाका सुशेल्न थाल्छन् ।  

भनिन्छ संगीतको कुनै भाषा हुँदैन । ठाडी भाका बुझाइका दृष्टिले केही कठिन भए पनि लयमा मिठासले जो कसैलाई मोहित बनाउँछ ।  महिलाहरुले आफ्नो दुःख पोख्न यस्ता गीत गाँउने भए पनि गीतमा पिडा मात्रै भने हुदैन । महिलाहरुको शाहसी कथा, समाजको यर्थाथ चित्रण, बिकास निर्माणको कुरा सबै, सबै समेटिन्छन् यस्ता गीतहरुमा । मनोरञ्जनका लागि होस् वा आफ्ना कुरा व्यक्त गर्नको लागि, महिलाहरु यस्ता गीत गाउनुमा स्वतन्त्रताको पनि महसुस गर्छन् ।  

रन, बन थरकाउने गरी कहिलेकसो महिलाहरु जम्मा भएर होस् वा वल्लो डाँडा, पल्लो डाँडा गरेर गीतहरु गाँउनुलाई महिलाहरु मनोरञ्जनको साधनको रुपमा पनि लिन्छन् । देउडा गाएक नन्दकृष्ण जोशी यस्ता खालका गीतहरु मार्फत गाँउमा चेतना फैलाउन पनि सजिलो हुने बताउनुहुन्छ ।  

महिलाहरुको शाहसी कथा, समाजको यर्थाथ चित्रण, बिकास निर्माणको कुरा सबै, सबै समेटिन्छन् यस्ता गीतहरुमा । मनोरञ्जनका लागि होस् वा आफ्ना कुरा व्यक्त गर्नको लागि, महिलाहरु यस्ता गीत गाउनुमा स्वतन्त्रताको पनि महसुस गर्छन् ।  

महिलाहरुले मेलापातमा गाउने यस्ता भावका गीतहरु हिजो आज धेरै रेकर्ड भएका छन् । जुन गीतमा धेरै जसो स्वर गायक जोशीको नै छ ।  देउडा भाका होस् वा त्यसभित्रको ठाडी भाका, सुरुका दिनमा स्थानीय रहनसहन र शैलीलाई समेटेर लेख्ने गरिए पनि चर्चा पाउने नाममा गायक गायिकाहरुले मौलिकता मार्नेगरी रेकर्ड गर्न थालेको गुनासो त्यसक्षेत्रका बुद्धिजीविको छ । 

ठाडी भाकामा लोकको लय र शब्दभन्दा पनि कोठे भाका र गीत हुनबाट जोगाउन सुदूरपश्चिममा समाजसेवी, बुद्धिनीवि र कलाकारहरुको नै ठूलो हात रहन्छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार