माटोका भाँडा बन्दैन अचेल

फुर्सदिला भक्तपुरका कुमाल समुदाय

प्रकाशित मिति: 2018-02-21
ममता गाईसी

भक्तपुर । भक्तपुरमा कुनै समय प्रचलनमा रहेका माटोका भाँडाहरु बनाउने पेशा लोप हुन थालेको छ । माटोका भाँडा बनाउदै आएका भक्तपुरका प्रजापतिहरुको मुख्य पेशा माटोको भाँडा बनाउने भएपनि अहिले यो पेशा संकटमा पर्न थालेको छ । आधुनिकता सगै प्लास्टिकका नयाँ नयाँ सामानहरु उत्पादन भएपछि माटोका भाँडाको मागमा कमि आएपछि माटोका भाँडाहरु बनाउन कम भएको बताउनुहुन्छ भक्तपुरका विष्णुप्रसाद प्रजापती  । 

‘कुनै समय घैंटोको माग यति धेरै हुन्थ्यो कि हामीलाई बनाउन नै भ्याइनभ्याइ हुन्थ्यो ।’ विष्णुप्रसादले भन्नुभयो, तर हिजो आज त्यस्तो भ्याईनभ्याई हुदैन, पाला, माटोको गमला, खुत्रुके ,सोमा,अन्ति,हाँडि जस्ता सामानको मात्रै अहिले माग छ । पहिले पहिले पानी राख्ने भाँडा माटोको नै हुन्थे, तर अहिले त्यस्ता सामान हराउदै गएका छन् ।  माटोको जस्तै थरिथरिका प्लाष्टिकका सामान सस्तो दरमा पाउन थालेपछि  माटोका भाडाको बिक्रि कम भएको छ । 

‘कुनै समय घैंटोको माग यति धेरै हुन्थ्यो कि हामीलाई बनाउन नै भ्याइनभ्याइ हुन्थ्यो ।’ विष्णुप्रसादले भन्नुभयो, तर हिजो आज त्यस्तो भ्याईनभ्याई हुदैन, पाला, माटोको गमला, खुत्रुके ,सोमा,अन्ति,हाँडि जस्ता सामानको मात्रै अहिले माग छ ।

‘हातले कुँदिएका कलात्मक माटोका भाडाहरु अहिले बजारमा त्यति माग छैन ‘ न्युच्छे बहादुर प्रजापतिले भन्नुभयो,  “आफुले त सानैदेखि माटोको भाडाँ बनाउने काम गर्दै छु तर यसप्रति छोराहरु खासै रुचि देखाउदैनन् । माटोको भाँडाको माग कम भएसंगै अहिलेका नयाँ पुस्ता पनि यसप्रति जानकार छैनन् । 

भक्तपुर तोलाकोमा सय घर परिवारले माटाको भाँडा निर्माणको काम गर्दै आए थिए । माटाको भाउ बढ्नुको साथै नँया युवा पुस्ताले यस काम प्रतिको रुचि नदेखाए पछि अहिले यो पेशा गर्नेहरु घटेका छन् । अहिले २५–३० घरका मानिसले मात्र यो काम गर्दै आएका छन् । 

आम्दानी राम्रै भए पनि निकै परिश्रम लगाउनुपर्ने भएकाले यसप्रतिको चासो कम बन्दै गएको स्थानीय बताउछन् । बृद्धबृद्धा र अर्धबैसेमा मात्र यस पेसा सीमित हुन थालेको छ ।  ‘छोराछोरी कलेज जान्छन् उनीहरुको काम गर्ने समय नै छैन्, भक्तपुर शोभा लक्ष्मि प्रजापति भन्नुहुन्छ आफ्नै काम गर्दैमा फुसर्द हुदैन । सिक्नै चाहादैन् पढे लेखेकाको रुचि यस पेसामा छैन् उहाँले भन्न्ुभयो । 

 

 

 

 


 

 

तपाईंको बिचार