इन्डो–नेपाल मुवाँथाई प्रतियोगितामा नेपाललाई ४ स्वर्ण पदक

प्रकाशित मिति: 2018-02-13

तेस्रो इन्डो–नेपाल मुवाँथाई प्रतियोगितामा ४ स्वर्ण पदक जितेर नेपाल च्याम्पियन भएको छ । भरतपुरमा हिजो भएको फाइलन खेलको ५ प्रतिस्पर्धामा नेपालले ४ स्वर्ण पदक जितेको हो । भारतले एउटा मात्रै स्वर्ण पदकमा चित्त बुझायो । 

अन्तिम दिन नेपालका लागि ८१ किलो तौल समूहमा सन्देश मानन्धर र ७० किलो तौल समूहमा सचिन्द्र मानन्धरले स्वर्ण जितेका हुन्  । 

आइतबार ५६ किलो तौलमा राहुल ठोकर लामा र ६० किलो तौलमा गुणराज रुचालले स्वर्ण पदक जित्नुभएको थियो । ५० किलो तौल समूहमा भने भारतका एसआर भसान्तले स्वर्ण पदक जित्नुभएको छ । 

स्वर्ण बिजेता मध्य गुणराज रुचाल नेपाल आर्मिमा आवद्ध रहेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो ।  

 

 

 

तपाईंको बिचार