अछामको तुर्माखाँद गाउँपालिका–३ भैरबस्थानको सिम गाउँकी गौरी बुढाको छाउ गोठमा निसासिएर मृत्यु भएको छ । महिनावारी बार्ने चलनका कारण छाउ गोठमा बसेकी बुढा आज बिहान मृत अवस्थामा भेटिनुभएको हो ।
झ्याल नभएको साँघुरो गोठमा आगो बालेर सुत्दा निसासिएर उहाँको मृत्यु भएको स्थानीयले बताएका छन् । शरीरमा कुनै चोटपटक समेत नदेखिएकाले मृत्युको अन्य कुनै कारण हुनसक्ने शंका नरहेको वडा नम्बर ३ का वडाध्यक्ष पदम बहादुर बीसीले बताउनु भयो ।
उहाँका अनुसार मृतक बुढाको परिवार तथा छिमेकमा समेत राम्रै सम्बन्ध रहेकाले मृत्यु बारे कुनै पनि शंका गरिएको छैन । महिनावारी भएको चौथो दिनमा उहाँको मृत्यु भएको हो । घर नजिकैको गोठमा सुतेकी बुढा आज बिहान अबेरसम्म पनि बाहिर ननिस्कीएपछि ढोका खोलेर हेर्दा उहाँ मृत अवस्थामा भेटिनुभएको वडाध्यक्ष बीसीले बताउनुभयो ।
मृतक बुढा तुर्माखाँद स्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्थ्यो । तुर्माखाँदकै चिसी गाउँ माइत भएकी उहाँको एक बर्ष पहिले मात्र बिबाह भएको थियो ।
मृतक बुढाका पति बीरेन्द्र बीसी नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । घटनापछि साविक भैरवस्थान–९ स्थीत मृतकको घरमा पुगेर प्रहरीले घटनाको अवस्था समेत अध्ययन गरेको अछाम प्रहरी प्रमुख दधिराम न्यौपानेले बताउनुभयो ।
भैरबस्थानलाई दुई बर्ष पहिलो छाउ गोठमुक्त घोषणा गरिएको थियो । तर यो घटनासँगै त्यहाँ पनि महिलाहरु गोठमै बस्ने गरेको तथ्य प्रमाणित भएको छ । यो सँगै अछाममा छाउ गोठमा ज्यान मुमाउनेको संख्या १२ पुगेको छ ।
Severity: Warning
Message: finfo::file(news/IMG_0471_(1).JPG): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/IMG_0471_(1).JPG): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार