रेडियो दिदीबहिनीले दशौं महिला महोत्सव गर्ने

प्रकाशित मिति: 2018-01-08

सदरमुकाम कुस्मास्थित बान्द्रेबिडीचौरमा हुने महोत्सवमा विगतका वर्ष जस्तै राष्ट्रिय महिला भलिवल प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता संचालन हुनेछ ।

पर्वत । रेडियो दिदीवहिनी पर्वतले ९५.२ मेघाहर्जले आफ्नो  बार्षिकोत्सवको अवसरमा बृहत् महिला महोत्सवको आयोजना गर्ने भएको छ । पर्वत जिल्लाकै पहिलो सामुदायिक रेडियो दिदीवहिनीले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको समेत सन्दर्भ पारेर “बृहत दशौं महिला महोत्सव” आयोजना गर्न लागेको हो । 

रेडियोको आठौं बार्षिकोत्सव तथा नारी दिवसका अवसरमा आगामी फाल्गुण १६ देखि २६ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि महोत्सव गर्न लागीएको रेडियो दिदी वहिनीका अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो । उहाँले विभिन्न क्षेत्रमा रहनुभएका महिला दिदीबहिनीहरुमा नारी दिवसलाई एक पर्वको रुपमा विकास गर्दै थप जागरण ल्याउन महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

महिलाहरुमा रेडियो प्रतिको आकर्षण बढाउन र जीविकोपार्जनको बाटो खोज्न समेत महोत्सव गर्न लागिएको हो । महोत्सव आयोजनाको तयारी तिब्र भईरहेको छ । 

सदरमुकाम कुस्मास्थित बान्द्रेबिडीचौरमा हुने महोत्सवमा विगतका वर्ष जस्तै राष्ट्रिय महिला भलिवल प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता संचालन हुनेछ । त्यस्तै विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगीता लगायत ख्याती प्राप्त कलाकारहरुका साथमा विभिन्न साँस्कृतीक कार्यक्रम, नौमती बाजा, शैक्षिक प्रदर्शनी, रमाईलो मेला महोत्सवको मुख्य आकर्षण रहने बताईएको छ । 

महोत्वस अबधिमा करिव एक करोड बढिको आर्थिक गतिविधि हुने तथा विभिन्न निकायबाट आर्थिक संकलन गरि करिव १० लाख रुपैंया बचत गर्ने लक्ष राखिएको छ ।
महोत्सवमा घरेलु उद्योगको प्रचार प्रसार गर्ने उदेश्यले कृषिजन्य उत्पादनको प्रर्दशनी, विभिन्न घरेलु तथा हस्तकलाका सममग्रीहरुको प्रदर्शनि तथा विक्री वितरण गर्ने स्टल पनि रहनेछ । 

 

तपाईंको बिचार