प्लानद्धारा बाढी पीडित ९ हजार परिवारलाई राहत सामाग्री वितरण

प्रकाशित मिति: 2017-12-26

काठमाडौं । प्लान इन्टरनेशनल नेपालले तराईका चार वटा जिल्लामा गरी बाढीबाट प्रभावित भएका ९ हजार परिवारलाई चिसोबाट बच्न आवास र गैर खाद्य सामाग्री वितरण गरेको छ ।

सप्तरीमा २९००, महोत्तरीमा १२००, रौतहटमा २५०० र सुनसरीमा २४०० परिवारले राहत सामाग्री पाएका छन् । 

बाढी प्रभावितका लागि जाडोयाममा प्रयोग गर्न, त्रिपाल, ब्याल्केट, म्याट्रेस, सोलार बत्ति लगायतका सामाग्री वितरण गरिएको हो ।

स्थानीय निकायको सहमतिमा लाभग्राही परिवारको सूचि र सहयोग सामाग्री छनोट गरिएको थियो ।

महोत्तरी र सप्तरीमा नेपाल रेडक्रस सोसाइटीको शाखा तथा रौतहट र सुनसरीमा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालयमार्फत् राहत सामाग्री वितरण गरिएको जनाइएको छ । 

बाढीका कारण घरवार गुमाएका,अझै आश्रयस्थलको सहयोग नपाएका, विपन्न र पिछडिएका परिवार लगायतलाई सहयोग गरिएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ ।

राष्ट्रसंघको केन्द्रिय आपत्कालिन राहत कोषको आर्थिक सहयोगमा अन्तराष्ट्रिय आप्रवास संगठन आइओएमसँगको संयुक्त साझेदारीमा प्लान इन्टरनेशनल नेपालले सप्तरी, सुनसरी, महोत्तरी र रौतहटमा राहत सामाग्री वितरण गरेको हो । 

यसअघि संस्थाले बाढीलगत्तै ८ वटा जिल्लामा गरी १८ हजार ७३२ परिवारलाई खाद्यान्न, आवाससहितको राहत सामाग्री सहयोग गरेको थियो ।

 

तपाईंको बिचार