प्रदेशसभाको सिट बाँडफाँड

सरकार गठनको छलफल शुरु

प्रकाशित मिति: 2017-12-23
फोटोः गूगल
फोटोः गूगल

निर्वाचन आयोगले सातवटै प्रदेशमा दलहरुले पाएको समानुपातिक सिट सार्वजनिक गरेसँगै अब कुन प्रदेशमा कुन दलले सरकार बनाउने छलफल शुरु भएको छ । 

अन्तिम नतिजा अनुसार प्रदेश नम्बर १ र ३ मा एमालेले  एकल बहुमत ल्याएको छ । प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनले बहुमत पाएको छ । यस्तै प्रदेश ४ मा वामपन्थीको बहुमत आएको छ, भने प्रदेश ५ मा पनि बामपन्थी गठबन्धनको बहुमत आएको छ । 

प्रदेश नम्बर ६ मा वामपन्थीले दुई तिहाई सिट प्राप्त गरेको छ भने प्रदेश ७ पनि वामन्थीकै बहुमत देखिएको छ । प्रदेश नम्बर २ मा मधेसवादी दलको गठबन्धनले सरकार बनाउने भएका छन् भने अन्य प्रदेशमा बामगठबन्धनको सरकार हुने पक्कापक्की छ । 

यसअघिको संसदमा पहिलो ठूलो दल नेपाली कांग्रेसको भने कुनै पनि प्रदेशमा बहुमत आएको छैन । कांग्रेस प्रमुख प्रतिपक्षि भूमिकामा रहने देखिएको छ । बहूमत ल्याएका दलहरुले भने सरकार बनाउने आन्तरिक छलफल शुरु गरेका छन् । 

तपाईंको बिचार