महिला उम्मेदवारको चुनाबी तयारी

कोही योजना बनाउँदै, कसैको प्रचार जारी

प्रकाशित मिति: 2017-11-07
सोबिता रिसाल

काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता समेत रहनु भएका पम्फा भूसाल ललितपुर– ३ बाट बामगठबन्धनको उम्मेदवार हुनुुहुन्छ । उहाँ चुनाबी प्रचारप्रसारका लागि जुट्सिक्नुुभएको छ ।  काग्रेसको तर्फबाट मकवानपुर– २ मा उम्मेदवार बन्नुुभएका महालक्ष्मी डीना उपाध्याय  आफ्नै क्षेत्रमा पुगेर चुनाबी प्रचारमा हुुनुहुुन्छ ।  

आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्रका लागि काग्रेस, एमाले र माओवादीबाट १८ जना मात्रै महिला प्रत्यक्षको उम्मेदवार छन् । तेह्रथुमबाट सीता गुरुङ,  महोत्तरी–२ बाट किरण यादव, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा काग्रेसको तर्फबाट चुनाब लड्दै हुनुुहुुन्छ ।

काठमाडौँ क्षेत्र नम्बर –३ बाट उम्मेदवार बन्नुुभएका काग्रेस नेता अम्बिका बस्नेतले मतदाता भेटघाट र प्रचारप्रसारलाई तिब्रता दिनुभएको छ ।  बाम गठबन्धनपछि झापा–२ बाट एमालेका पवित्रा निरौला खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाह उम्मेदवार बन्नु भएको छ । 

पर्सा–४ बाट माओवादी केन्द्रका उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बिना मगरले उम्मेदवारी दिनु भएको छ । पुर्वि रुकुमबाट गठबन्धनको तर्फबाट उम्मेदवारी दिनु भएका माओवादी नेता कमला रोक्काले शुरुमा आमसभामा प्रचार प्रसार गर्दै, समुहगत प्रचार अनि व्यक्तिगत भेटघाटमा लाग्ने बताउनुभएको छ । 

काँग्रेसकातर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनको तर्फबाट एमालेका गरिमा शाहले कैलाली– १ मा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । दलहरुले थोरै संख्यामा महिला उम्मेदवार उठाएको भन्दै आलोचना खेपिरहेका बेला महिला उम्म्ेदवारबीच हुने प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।  

अडियो सुन्नुहोस्

तपाईंको बिचार