आजपनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईंदै

प्रकाशित मिति: 2017-11-03
काठमाडौं ।
 तस्बिर : गुगल
तस्बिर : गुगल

आजपनि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ ।

हिजो खुवाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज स्वंयसेविकाहरु घर घरमै पुगेर भिटामिन ए र जुकाको औषधी खुवाउनेछन् ।

यसअघि यही कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भनिए पनि तिहारका कारण कार्यक्रम सारिएको थियो ।

भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्धो, कुपोषण, दीर्घकालिन झाडापखाला, दादुरा लगायतका रोग लाग्ने चिकित्सकहरुको भनाइ छ । 

स्वास्थ्य स्वयम् सेविकाहरुसँग सम्पर्क गरी आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन सरकारले सबैमा अनुरोध गरेको छ । 

सरकारले ६/६ महिनामा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।

 

 

तपाईंको बिचार