त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुग्यो, ३० को सनाखत

प्रकाशित मिति: 2017-10-29
रेखबहादुर गुरुङ, रेडियो धादिङ, धादिङ

पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटवेशीं नजिकै बांगेमोडबाट हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । मृतकमध्ये ३० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । 

सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी ३ बस्ने ३५ वर्षिया सम्मी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० वर्षिय रामकुमार यादव, सप्तरीको देउरीभरुवा न.पा. १५ का सहचालक १८ बर्षिय नरेश मुखिया, बोधेवरसाई न.पा ३ का १५ बर्षिया चन्द्ररेखा प्रमाणी, राजविराज न.पा. १६ का ७४ बर्षिया चन्द्रवती झा रहेका छन् ।

 त्यस्तै, तिलाठी गाउँपालिका १ का ३३ बर्षिय अन्जित कुमार झा, नेरेयाका २५ बर्षिया पार्वती चौधरी, बोधेवरसाई न.पा २ का ६ बर्षिय आदित्य यादव, तिलाठी ३ का ३८ बर्षिय सन्जित कुमार झा, नेरेयाका ३ बर्षिय सुशान चौधरी, नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादवको पनि दुर्घटनामा मृत्यु भएको छ । 

प्रहरीका अनुसार भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिया ममतादेबी ठाकुर, बोधेबसाईन ३ बस्ने वर्ष १५ की चित्रलेखा प्रमाणी, सप्तरी महादेवा ९ बस्ने २७ वर्षिय प्रमोद ईसार, सप्तरी कृषसरोवन ४ का २९ वर्षिय सुधिर कुमार यादव, भारत विहार मधुवनीका १२ वर्षीय मनिष ठाकुर, सिराह नराह गा.पा. १ बस्ने ३० वर्षिय उदय मण्डल, सप्तरी बोधेबरसाई २ का २५ वर्षिया आशिकी कुमारी यादव, सप्तरी कृषसरोवन ४ का ५ वर्षिया समीक्षा यादव, सिराह लहान न.पा.६ बस्ने ३७ वर्षिया प्रभा चौधरी, सप्तरी राजविराज १३ का ३० वर्षिय ऋषि आनन्द देवको सनाखत भएको छ ।

सप्तरी राजविराज १४ का २० वर्षिय आदित्य झा, सप्तरी बोधेबरसाइन २ बस्ने १३ वर्षिय समीक्षा कुमारी यादव, सप्तरी सम्भुनाथ न.पा. बस्ने ५ वर्षिय सुदीप चौधरी, सप्तरी बोधेबरसाइन ३ बस्ने ९ वर्षिय चित्ररेखा बरमाणी, सप्तरी बोधेबरसाईन ३ बस्ने १ वर्षिया मानवी यादव, सप्तरी बोधेबरसाइन २ का ३५ वर्षिय सुरेन्द्र चौधरी, सप्तरी बोधेबरसाइन २ बस्ने ११ वर्षिय चित्ररेखा प्रमाणी, सप्तरी राजविराज २ बस्ने ६ वर्षिय पशुपति चौधरी, सप्तरी तिलाठी नगरपालीकाका ७ वर्षीया अभिनव झा रहेको धादिङ प्रहरी प्रमुख एसपी धु्रवराज राउतले जानकारी दिनुभयो ।

सनाखतभएका मध्ये ११ पुरुष, ८ महिला, ६ बालक र ५ बालिका रहेका छन् । दुर्घटनामा अरु १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

बस पानीमा पुरै डुबेको कारण उद्धार गर्न कठिनाई भएको थियो । दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरीको उद्धार टोली, रेडक्रसका उद्धारकर्ताहरुले उद्धारमा सहयोग गरेका थिए ।

त्रिशुली नदिमा बस खसेर हराइरहेकाहरुको आज पनि खोजी गरिने प्रहरीले जानकारी दिएको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ४ ख १४६७ नम्बरको बस हिजो बिहान ५ ः५५ बजे त्रिशुली नदीमा खसेको थियोे ।

 

तपाईंको बिचार