Community Information Service सूचना, अभिव्यक्ति र विकास
Login to your account
Sign Up your account
फोटोहरुमा कथा
नागरिक तर ? नागरिकताबाट बञ्चितहरुको कथा
प्रकाशित मिति: 2017-10-24
गीता चिमोरिया, काठमाडौं ।
सोमबार बिहान, लगभग ११ बज्दै थियो । काठमाडौंको बबरमहलमा रहेको नेपाल कला परिषद्मा मान्छेहरु जम्मा हुन थाले ।
ती मानिसहरु कला परिषद्मा प्रदर्शनीमा राखिएका फोटोहरु हेर्न आएका थिए । फोटो हेरेर कोही भावुक भए, कोही एकअर्कामा कानेखुशी गर्दै थिए अनि कोही सरकारलाई गाली पनि ।
तस्बिर हेरेर भावुक भएका, कानेखुशी गर्दै गरेका अनि सरकारका बारे टिप्पणी गर्ने सबैको एउटै भनाइ थियो, “नेपालमा जन्मेर, उमेर पुगी आवश्यक प्रक्रिया पूरा गरेका सबै नेपालीले बिना झन्जट नेपाली नागरिकता पाउनुपर्छ ।”
नेपाली नागरिक भएर पनि विभिन्न कारणले नागरिकता नपाएकाहरु धेरै छन् । महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठका अनुसार हरेक वर्ष नागरिकताबाट बञ्चित नेपालीको जनसंख्या दुई लाखका दरले बढ्दैछ ।
नागरिकता लिन नपाउँदा उच्च शिक्षा हाँसिल गर्नमा समस्या, व्यापार व्यवसाय गर्नका लागि बैंकबाट सहुलियत दरमा ऋण नपाएर चर्को व्याज तिरेर काम गर्नुपर्ने, जन्मदर्ता नहुँदा स्कुलबाटै निष्काशित, मोवाईल आफ्नो भएपनि नागरिकता नहुँदा सिम अर्काको नाममा लिनुपर्ने, उच्च शिक्षाका लागि छात्रवृत्ति पाउन, वैदेशिक रोजगारीमा जान, नेपाल सरकारको सेवाका जागिर गर्न नपाएको लगायत समस्या नागरिकता विहीन नेपालीहरूले भोग्नुपरेको छ ।
‘नागरिक तर ? नागरिकताबाट बञ्चित नेपालीहरुको कथा सम्बन्धि फोटो प्रदर्शनी’ शिर्षक दिएर आयोजना गरिएको प्रदर्शनीमा राखिएका हरेक फोटोहरूले नागरिकता विहीन हुनुपर्दाको दुःखद् कथा र व्यथा बोलिरहेका छन् । ति फोटोहरुमा नागरिकता लिन सङ्घर्ष गरिरहेका महिला र तिनका युवा अवस्थाका छोराछोरीहरू छन् ।
पहिलो दिन सोमबार मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महिला अधिकारकर्मी सर्मिला कार्की, पूर्व सांसद शान्ता मानवी लगायतले पदर्शनीको अवलोकन गर्नुभयो ।
निर्वाचन नजिकिंदै गर्दा मत माग्न घर, घर पुग्ने उम्मेदवारलाई नागरिकता सम्वन्धी ऐन बनाउन दबाव दिन सुझाव दिंदै शर्माले नीति बनाउनेहरूलाई झक झकाउन प्रदर्शनीले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
महिला कानुन र विकास मञ्चका अध्यक्ष अधिवक्ता मिरा ढुङ्गानाले नागरिकता सम्बन्धमा न्यायालयहरूबाट भएका फैसलालाई अन्य कर्मचारीले नजिरका रूपमा लागु नगर्ने अवस्थाका कारण पनि कयौं नेपाली नागरिकता बिहीन हुनुपरेको बताउनुभयो ।
पूर्व सांसद मानवीले कानुनमा भएका व्यवस्थाका बारे सरकारले प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरुलाई जानकारी गराउन सके नागरिकता पाउन व्यहोर्नुपर्ने झन्जट कम हुने बताउनुभयो ।
नागरिकता नपाएर विभिन्न अवसरबाट बञ्चित ५१ जनाको कथा/व्यथा समेटिएको तस्बिर प्रदर्शनीमा राखिएको छ । साथै नागरिकता सम्बन्धि संविधानमा भएको व्यवस्था, नागरिकता प्राप्तीका लागि भएको फैसला र संविधानमा नागरिकता सम्बन्धि बाझिएका प्रावधान र सच्याउनुपर्ने बुँदाहरू समेतलाई फ्रेमिङ गरेर प्रदर्शनीमा राखिएको छ ।
विदेशी नागरिकसँग विवाह गरी नेपालमै बसोबास गरेको, अन्तरजातिय विवाह गर्दा घरपरिवारले नस्वीकारेको, गर्भमा छँदै बाबुले छाडेर वेपत्ता भएको र नाता नस्विकारेर नागरिकता नपाएका व्यक्तिहरुको कथा प्रदर्शनीमा राखिएको फोटोहरुमा पढ्न सकिन्छ ।
महिला कानुन र विकास मञ्च तथा नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालको सहकार्यमा प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनी भोलीसम्म चल्नेछ ।
महिला कानुन र विकास मञ्चले नागरिकताका सम्बन्धमा न्यायालयहरूबाट भएका केही फैसलाहरूको सारसंक्षेप तथा प्रतिपादित नजिर समेटेर पुस्तक समेत प्रकाशन गरेको छ ।
A PHP Error was encountered
Severity: Warning
Message: finfo::file(news/IMG_4766.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
A PHP Error was encountered
Severity: Warning
Message: mime_content_type(news/IMG_4766.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
A PHP Error was encountered
Severity: Warning
Message: finfo::file(news/DSC_2585.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
A PHP Error was encountered
Severity: Warning
Message: mime_content_type(news/DSC_2585.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
A PHP Error was encountered
Severity: Warning
Message: finfo::file(news/DSC_2570.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
A PHP Error was encountered
Severity: Warning
Message: mime_content_type(news/DSC_2570.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
A PHP Error was encountered
Severity: Warning
Message: finfo::file(news/DSC_2580.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
A PHP Error was encountered
Severity: Warning
Message: mime_content_type(news/DSC_2580.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
A PHP Error was encountered
Severity: Warning
Message: finfo::file(news/g.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
A PHP Error was encountered
Severity: Warning
Message: mime_content_type(news/g.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
A PHP Error was encountered
Severity: Warning
Message: finfo::file(news/gg.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
A PHP Error was encountered
Severity: Warning
Message: mime_content_type(news/gg.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
A PHP Error was encountered
Severity: Warning
Message: finfo::file(news/ggg.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
A PHP Error was encountered
Severity: Warning
Message: mime_content_type(news/ggg.jpg): failed to open stream: No such file or directory
तपाईंको बिचार