३ सय किशोरी एकैदिन नयाँ भूमिकामाः रेडियोमा बहसमुलक कार्यक्रम चलाउदै

प्रकाशित मिति: 2017-10-09

नेपालमा ३ सय किशोरी एकदिन नयाँ भूमिकामा देखिने भएका छन् । अक्टोबर ११ अर्थात असोज २५ गते विश्व बालिका दिवसका अवसरमा नेपालमा ३ सय किशोरी रेडियोकर्मीको भूमिकामा देखिने भएका हुन् ।

यसअघि कहिल्यै रेडियोमा काम नगरेका ३ सय बालिका एक दिन रेडियोकर्मीका हैसियतले टेक ओभर कार्यक्रम अन्र्तगत नयाँ भूमिकामा देखिन लागेका हुन् । 

सामुदायिक रेडियो प्रशारक संघ अकोराब नेपाल र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ छैठौं अन्तर्राष्ट्रिय बालिका दिवस मनाउन लागिएको हो । 

किशोरीहरुलाई उनीहरुको नियमित संलग्नता भन्दा फरक भूमिकामा निश्चित समयसम्म जिम्मेवारी बहन गराउने अभियानको रुपमा रेडियो पत्रकारको जिम्मेवारीमा किशोरीको नेतृत्व अर्थात टेक ओभर कार्यक्रम गर्न लागिएको अकोरावका अध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो । 

कार्यक्रमको नेतृत्व लिनु अघि रेडियो मार्फत उनीहरुलाई तालिम दिइने छ । बहसमूलक रेडियो कार्यक्रममा नीति निर्माताहरु, जनप्रतिनिधिहरु र सरकारी अधिकारी हरुलाई निम्त्याएर आफू तथा आफूजस्तै अन्य किशोरीहरुका सवालमा छलफल हुने प्लान इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक स्भेन्स कोपेन्सले बताउनुभयो । 

कार्यक्रममा १४ देखि १९ बर्षसम्का किशोरीको सहभागिता रहने छ ।  
 

तपाईंको बिचार