सोलुखुम्बुको तेन्जिङ-हिलारी विमानस्थलमा वुधबार यो सिजनकै सबैभन्दा बढि हवाई उडान भएको छ ।
मौसम खराबीका कारण नियमित उडान हुन नसकेको विमानस्थलमा मौसम सुधार भएसँगै वुधबार एकदिनमै ३५ उडान भएका हुन् ।
वुधबार तारा एयरको २०, सिता एयरको १० र गोमा एयरको ५ वटा उडान भएका हुन् ।
मौसममा आएको समस्याका कारण केहि दिन यता उडान हुन नसक्दा खुम्बु क्षेत्रमा भित्रने र फर्कने पर्यटक विमानको पखाईमा बसेका थिए ।
वुधबार ३५ उडान भएसँगै ४ सय ९५ विदेशी पर्यटकहरु खुम्बु भित्रिएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
तपाईंको बिचार