बंगलादेशमा राष्ट्र पिता मुजिबु राष्ट्रिय शोक दिवस मनार्इंदै

प्रकाशित मिति: 2017-08-15
सोना खटिक, सामुदायिक रेडियो कपिलवस्तु, (हाल बंगलादेश)

आज अगस्ट १५ तरिख बंगलादेशमा राष्ट्रपिता शेष मुजिबुर रहमान राष्ट्रिय शोक दिवस मनाईदैछ । आज देशभर शेष मुजिबुरको स्वातन्त्रको लडार्ईको वक्तव्यलाई बजाउँदै नारा लगाउँदै कालो पहिरनमा विभिन्न ठाउँमा नराजुलस निकालीदै छ । 

१९७५ अगस्ट १५ अर्थात आजकै दिन शेष मुजिबुर रहमानको परिवारका श्रीमती र ३ छोरासहित २६ जनाको हत्या भएको थियोे । 

१९७५ मै शेख मुजीब बंगलादेशको राष्ट्रपति बने लगतै उनको हत्या गरिएको थियो र देशमा सैनिक शासन लागू भएको थियो ।

१९९८ मा  मुजीबु हत्या काण्डको लागि जिम्मेदवार १५ तत्कालीन सैनिक अधिकारीहरूलाई मृत्यु दण्डको सजाय सुनाईएको थियो ।

सन् १९७१ मा शेख मुजीब र अवामी लीगले २६ मार्चमा पाकिस्तानबाट छुट्टिदंै स्वतन्त्र राष्ट्र घोषण हुँदै नयाँ देशको नाम जनगणतान्त्रिक बंगलादेश राख्न सफल भएका थिए ।

स्वतन्त्र पछि बंगलादेशको केही शुरुआती वर्ष राजनैतिक अस्थिरताबाट परिपूर्ण थियो, देशमा १३ शासक बदलिन पुगे र ४ सैनिक बिद्रोह भयो ।

घटनाको समयमा उनका २ छोरी शेख हसिना र शेख रेहाना जर्मनी रहेकाले ती दुई जना मात्र बचेका थिए । शेख हसीना हाल बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ ।

तपाईंको बिचार