बाढी पहिरोले देशभर ३३ जनाको मृत्यु, कयौं बेपत्ता

टेलिफोन र विद्युत सेवामा समस्या

प्रकाशित मिति: 2017-08-13

बाढी पहिरोका कारण देशभर ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्री जनार्दन शर्माले सीआइएनसँग कुरा गर्दै दिनुभएको जानकारीअनुसार कयौं बेपत्ता भएका छन् ।

पूर्वी तराई बाढी र डुबानबाट पुरै प्रभावित छ । गृह मन्त्रालयका अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ जनाको मृत्यु भएको छ । 

बेपत्ताको खोज तथा बाढी प्रभावितहरुको उद्धारका लागि सबैै सुरक्षा निकाय सक्रिय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । तर मौसममा सुधार नभएकाले हेलिकप्टर प्रभावित क्षेत्रमा जान सकिरहेको छैन । 

गृहमन्त्री शर्माका अनुसार स्थानीय स्रोत साधनको प्रयोग गरि उद्धार तथा राहतको काम भईरहेको छ । पानी परिरहेका कारण स्थिति थप भयावह हुँदै गएको उहाँले बताउनुभयो । पूर्वी र मध्य तराईका नदी आसपासका अधिकांश शहर डुवानमा परेका छन् । 

झापाका नदी आसपासका मूख्य शहरहरु डुवानमा रहेको रेडियो सरगमले जनाएको छ । त्यस्तै मोरङमा पनि बाढीका कारण बिराटनगर सहित अधिकांश शहर डुनावमा परेका छन् । सुनसरीको इटहरी सहितका विभिन्न स्थानमा सप्तकोशी नदीको पानी पसेको छ । कोशी ब्यारेजको ढोका खोल्न भारतलाई आग्रह गरिएको र केही ढोकाहरु खुलेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै सप्तरी, सिरहा, चितवन, नवलपरासी, बाँके, बर्दिया लगायतका जिल्ला पनि डुबानमा परेका छन् । दाङ पनि बाढीबाट प्रभावित भएको छ । 

वर्षा आज पनि, आज पश्चिममा बढ्ने

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिनभर अविरल वर्षा हुनेछ । तर पूर्वबाट मनसुन पश्चिम क्षेत्र तिर सक्रिय भएकाले पूर्वमा हिजोभन्दा केही कम पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन पश्चिमतिर जाने भएकाले बाँके, बर्दिया लगायतका जिल्लामा बाढी र डुबानको जोखिम थप उच्च भएको छ । भोलीबाट मौसममा क्रमशः सुधार हुन सक्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । 

संचार र विद्युत सेवामा समस्या 

बाढी र डुबान क्षेत्रमा टेलिफोन सेवामा हिजोदेखि नै समस्या आएको छ भने विद्युत सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवा पनि लगभग बन्द भएको छ भने विद्युत सेवा अवरुद्ध हुँदा थप समस्या भोग्नु परेको प्रभावितहरुको भनाइ छ । 
प्रभावित जिल्लाहरुका सामुदायिक रेडियो तथा स्थानीय पत्रपत्रिका प्रकाशनमा पनि समस्या भएको छ । 

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/badhi.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/badhi.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार