बालसंवेदनशील पत्रकारिता पुरस्कार वितरण

रेडियोमा उपत्यकाबाट सीआईएन पुरस्कृत

प्रकाशित मिति: 2017-07-08

२३, असार, काठमाडौं । नेपाल पत्रकार महासंघ र नेपाल सरकार, केन्द्रीय बालकल्याण समितिले दिने बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
शुक्रबार महासंघ कार्यालयमा आयोजित कार्यक्रमबीच काठमाडौं उपत्यकाबाट रेडियोतर्फ सीआईएनका लक्ष्मी बस्नेत पुरस्कृत हुनुभएको छ ।

त्यस्तै छापा माध्यमतर्फ काठमाडौं उपत्यकाबाट अन्नपूर्ण पोष्टका रामकला खड्का, मोफसलबाट बुटवलका मुकेश पोखरेल, टेलिभिजनतर्फ उपत्यकाबाट सलिना उप्रेति र संस्कृति चालिसेले संयुक्त र मोफसलबाट टेलिभिजनतर्फ नेपालगंजका कृष्ण अधिकारी प्रदान गरिएको छ ।
यसैगरी मोफसलबाट रेडियोतर्फ विराटनगरका सुमन सुस्केरा, र कार्यक्रम सञ्चालकतर्फ काठमाडौं मेट्रो एफएमका रुपा शर्मा (नेहा) तथा मनोजकुमार मेहतालाई प्रदान गरिएको छ ।

जनही २५ हजार रुपैया राशीको पुरस्कार उपत्यका र मोफसलका रेडियो, छापा र टेलिभिजन माध्यम गरी ९ जनालाई प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिनुहँुदै बालबालिकाका विषयमा सबै पत्रकारहरु संवेदनशील हुन आग्रह गर्नुभयो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालले पुरस्कृत हुने पत्रकारको अझ जिम्मेवारी थपएिको हुँदा बालबालिकाका विषयमा थप योगदानको अपेक्षा रहेको बताउनु भयो ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले पुरस्कृत हुने पत्रकारलाई बधाई दिँदै बालबालिका एकदमै संवदनशील हुनेहँुदा बालबालिकाका विषयमा सबै सचेत हुन आग्रह गर्नु आग्रह गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठले पुरस्कृत सबै पत्रकारलाई बधाइ दिंदै आगामी दिनमा आफ्नो कामलाई निरन्तरता दिइरहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सूचना विभागका महानिर्देशक वीरबहादुर राई, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष सुवास खतिवडा लगायतको पनि उपस्थिति रहेको थियो ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/group.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/group.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार