स्थानिय तह चुनाव : मतदान सुरु, केही ठाउँमा झरीले अप्ठ्यारो

प्रकाशित मिति: 2017-06-28

काठमाडौं १४ असार । स्थानिय तह दोस्रो चरणमा निर्वाचन अन्र्तगत आज मतदान सुरु भएको छ । बिहानैदेखि लाइनमा बसेका मतदाताहरु मध्ये केहीले मतदान गरिसकेका छन् ।  बिहान ७ बजे मतदान सुरु भएको छ भने बुलुका ५ बजेसम्म मतदान जारी रहनेछ । लाइन बसिसकेकाले अबेरसम्म पनि मतदान गर्न पाउने छन् । तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

कतिपय ठाउँमा चाहिँ बिहानैदेखि पानी परिरहेको छ । आयोगले भोट खसाल्न मतदाता परिचय पत्र बोकेर सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने तर कुनै कारणले परिचय पत्र छुटे वा नलगे आफ्नो फोटो भएका अरु सरकारी कागजात देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ । 

सरकारले चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा दिएको छ ।  १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका गरी जम्मा ३ सय ३४ स्थानीय तहमा चुनाव हुँदै छ ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/election.jpeg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/election.jpeg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार