दोलखामा कुन पार्टीको कति जित ?

वडामा एमाले बढी, माओवादी दोस्रो

प्रकाशित मिति: 2017-05-17
तारादेवी बस्नेत, रेडियो शैलुङ्ग दोलखा

दोलखाको जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुखमा नेकपा एमालेका टंक जिरेलले ३२१२ मत प्राप्त गरी विजयी भएका हुन ।

उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रका गेल्बु शेर्पाले २१०६ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसको सोनाम शेर्पाले १४०२ मत प्राप्त गरेका निर्वाचन अधिकृत दिपेन्द्र काफ्लले जानकारी दिनुभयो उहाँका अनुसार उपप्रमुखमा नेकपा एमालेको कृष्णमाया बुढाथोकीले ३२६८ मत प्राप्त गरेर विजयी भएकी छन् ।

उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रको चित्रमाया दहालले १९४१ मत प्राप्त गरेकी थिईन भने नेपाली कांग्रेसको लिलादेवी जिरेलले १३२२ मत प्राप्त गरेकी थिईन ।

जिरी नगरपालिकाको ९ वटा वडा मध्य नेकपा एमालेले ६ वटा वडामा जित हासील गरेको छ भने माओवादी केन्द्रले दुई वटा वडामा र नेपाली कांग्रेसले एक वटा वडामा जित हासील गरेको छ ।  

हालसम्म नेकपा एमालेले वडा अध्यक्ष जितेको 

१) भीमेश्वर नगरपालिका वडा नम्बर १ मा वीरबहादुर थामी    
२) जिरी नगरपालिका वडा नम्बर ३ मा नुर्वु शेपा
३) जिरी नगरपालिका वडा नम्बर ४ मा पदेमान जिरेल
४) जिरी नगरपालिका वडा नम्बर ६ मा गोपालबहादुर कार्की
५) जिरी नगरपालिका वडा नम्बर ७ मा डुके शेर्पा
६) कालिञ्चोक गाँउपालिका वडा नम्बर ३ मा निशान्त बुढाथोकी
७) बैतेश्वर गाँउपालिका वडा नम्बर ७ मा रेशमराजस्वराज रिमाल    
८) गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ मा झलककुमार कार्की
९) शैलुङ गाँउपालिका वडा नम्बर १ मा बृषबहादुर तमाङ
१०) बैतेश्वर गाँउपालिका वडा नम्बर ५ मा कुमार चौलागाई
११) कालिञ्चोक गाँउपालिका वडा नम्बर ४ मा केशवबहादुर ठकुरी
१२) जिरी नगरपालिका वडा नम्बर ७ मा डुके शेर्पा
१३) जिरी नगरपालिका वडा नम्बर ८ मा तेजबहादुर खड्का
१४) जिरी नगरपालिका वडा नम्बर ९ मा ज्ञानबहादुर सुनुवार

 

माओवादी केन्द्रले वडा अध्यक्ष जितेको

१) जिरी नगरपालिका वडा नम्बर २ मा ङिमापाल्दे शेर्पा    
२) जिरी नगरपालिका वडा नम्बर ५ मा ङिमा साङ्गे शेपा
३) विगु गाँउपालिका वडा नम्बर १ मा हिरन्डेबहादुर गुरुङ
४) विगु गाँउपालिका वडा नम्बर २ मा कृष्ण ठकुरी
५) विगु गाँउपालिका वडा नम्बर ३ मा श्रीराम खड्का
६) कालिञ्चोक गाँउपालिका वडा नम्बर २ मा नानी पाण्डे
७) गौरीशङ्कर गाँउपालिका वडा नम्बर २ मा वसन्त कार्की     
८) बैतेश्वर गाँउपालिका वडा नम्बर ८ मा रमेशकुमार अधिकारी
९) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ३ मा नेत्रबहादुर वस्नेत 
१०) विगु गाँउपालिका वडा नम्बर ४ मा बुक्ताङ तमाङ     

 

नेपाली कांग्रेसको वडा अध्यक्ष जितेका 

१) जिरी नगरपालिका वडा नम्बर १ मा लाक्पा शेर्पा
२) कालिञ्चोक गाँउपालिका वडा नम्बर १ मा बाबुलाल थामी
३) बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा शम्सेर घिसिङ
४) तामाकोसी गाँउपालिका वडा नम्बर १ मा महेश्वर काफ्ले
५) तामाकोसी गाँउपालिका वडा नम्बर २ मा हर्कमान योञ्जन
६) शैलुङ गाँउपालिका वडा नम्बर २ मा शुक्रध्वज योञ्जन
७) भीमेश्वर नगरपालिका वडा नम्बर २ मा विराज श्रेष्ठ
८) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ४ मा प्रल्हाद कार्की
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिकामा दुई वटा वडाको मतगणना सकिएको छ । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार नगरप्रमुखमा नेपाली कांग्रेसको इश्वर मानन्धरले १५९७ मत प्राप्त गरेका छन् भने एमालेको भरत केसीले १५८३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा प्रमुखमा एमालेको कमला वस्नेतले १५५३ र माओवादी केन्द्रको कमला कार्कीले ६२४ मत प्राप्त गरेकी छन् । 


कालिञ्चोक गाँउपालिका
कालिञ्चोक गाँउपालिकामा चार वटा वडाको मतगणना पछिको परिणाम अनुसार प्रमुखमा एकिकृत माओवादीका कुलबहादुर बुढाथोकीको १८५४, एमालेको विनकुमार थामीको १५९७ मत प्राप्त भएको छ । उपप्रमुखमा एमालेको कालिका पाठकको १६४७ र नेपाली कांग्रेसको गोपीलाल थामीको १५५७ मत प्राप्त भएको जनाईएको छ ।

शैलुङ गाँउपालिका 

शेलुङ गाँउपालिकामा दुई वटा वडाको मतगणना सकिदा अध्यक्षमा नेपाली कांग्रेसका सिंहबहादुर तमाङले १००३ र एमालेको भरत दुलालले ६८४ मत प्राप्त गरेका छन् । 

बैतेश्वर गाँउपालिका 

बैतेश्वर गाँउपालिकामा चार वटा वडाको मतगणना सकिदा अध्यक्षमा नेकपा एमालेको ऋषिकेश उप्रेतीले ४६७७ र नेपाली कांग्रेसको छवि लामाले २९७९ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा नेकपा एमालेको शान्ति तमाङले ४११३ मत र माओवादी केन्द्रको रविचन्द्र आचार्यले ३४२० मत प्राप्त गरेका छन् । 
तामाकोसी गाँउपालिका 
तामाकोसी गाँउपालिकाको दुईवटा वडामा मतगणना सकिएर वडा नम्बर ३ जफेको मतगणना जारी रहदा प्रमुखमा नेपाली कांग्रेसको भवेन्द्र कार्कीको १७४८ मत र एमालेको इश्वरचन्द्र पोखरेलको १३०२ मत प्राप्त भएको जनाईएको छ । 

विगु गाँउपालिका
विगु गाँउपालिकाको चार वटा वडामा मतगणना सकिदा नेपाली कांग्रेसको युधिष्ठीर खड्काले २४३३ र एमालेका सुन्दर लामिछानेले १०७५ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा माओवादी केन्द्रका सन्जीव ओलीले २२६१ र उपप्रमुखमा एमालेको गोमा केसीले १२५५ मत प्राप्त गरेका छन् । 

 

 

 

 

 

 

 

तपाईंको बिचार