डोल्पामा मत गणना सकियो

४ एमाले, २ माओवादी र २ स्वतन्त्र विजयी

प्रकाशित मिति: 2017-05-17
टेक शाही, रेडियो डोल्पा, डोल्पा

डोल्पामा स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा वैशाख ३१ भएको चुनावको मतगणना सकिएको छ । २ नगर र ६ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको डोल्पामा ४ एमाले, २ माओवादी र २ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
डोल्पाको त्रिपूरा सुन्दरी नगरपालिकाको मेयरमा १६ सय ९ मत ल्याएर नेकपा एमालेका ओमबहादुर बुढा विजयी हुनुभएको छ । त्यस्तै उपमेयरमा नेकपा एमालेकै चन्दा कुमारी बुढा विजयी हुनुभएको छ । उहाँले १८ सय ४५ मत ल्याउनुभएको हो । 
यसैगरी ठुलीभेरी नगरपालिकाको मेयरमा १४ सय ८३ मत ल्याएर नेकपा एमालेकै गणेशबहादुर शाही बिजयी हुनुभएको छ । उपमेयरमा १३ सय २४ मत ल्याएर राप्रपाका योगेन्द्रबहादुर शाही बिजयी हुनुभएको छ । 
यसैगरी, डोल्पाको छार्का ताङस्योङ गाँउपालिकामा ३ सय ०७ मत ल्याएर स्वतन्त्रबाट सेनाङ्ग गूरुङ्ग अध्यक्ष पदमा विजयी हुनुभएको छ । ३ सय ५६ मत ल्याएर नेकमा एमालेका छिरीङ्ग डिकी गूरुङ्ग उपाध्यक्ष पदमा विजयी हुनुभएको छ । 
 यस्तै, डोल्पो बुद्ध गाँउपालिकाको अध्यक्षमा एमाले समर्थक स्वतन्त्रबाट तेम्बा गूरुङ्ग विजयी हुनुभएको छ । उहाँले ५ सय ५३ मत ल्याउनुभएको हो । यस्तै,उपाध्यक्षमा एमाले सर्मथक स्वतन्त्रबाट मलामटसि गूरुङ्ग निर्बिरोध विजयी हुनुभएको छ ।  
यसैगरी,डोल्पाको काईके गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका अंगदकुमार राणा ९ सय २० मत ल्याएर विजयी हुनुभएको छ । उपाध्यक्षमा राप्रपाका कुञ्जाङ्ग बुढा ९ सय १५ मत ल्याएर विजयी हुनुभएको छ । 
जगदुल्ला गाँउपालिकामा ५ सय ५६ मत ल्याएर माओवादी केन्द्रका नारासिंह रोकाया विजयी हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अमृता लामा ५ सय १९ मत ल्याएर विजयी हुनुभएको छ । यस्तै,मुड्केचुला गाँउपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही ९ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेका सविता बुढा ९ सय ५९ मत सहित विजयी हुनुभएको छ । 
शे–फोक्सुण्डो गाँउपालिकाको अध्यक्षमा एमालेका टासिटुण्डुप गूरुङ्ग निबिर्रोध बिजयी हुनुभएको हो । उपाध्यक्षमा एमाले सर्मथक स्वतन्त्रबाट  धावासम्डुक गूरुङ्ग निबिर्रोध बिजयी हुनुभएको छ । वडा नं. ८ मा गोलाप्रर्थाबाट नेपाली कांग्रेसले वडा अध्यक्षमा जित हाँसिल गरेको छ । 

 

 

तपाईंको बिचार