मनाङको सदरमुकाम चामे गाउँपालिका प्रमुखमा एमाले बिजयी भएको छ ।
हिमालपारीको जिल्ला मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले २१४ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।
घलेका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा कांग्रेसका मुनिन्द्रजंग गुरुङ १६९ मत प्राप्त गरेर बिजयी हुनुभयो ।
एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि पर्नुभएको छ ।
तपाईंको बिचार