संचारमाध्यम अब चौबिसै घण्टा अनुगमनमा

उम्मेदवारको चरित्र हत्या, लाञ्छना, भेदभाव हुने गरी प्रकाशन/प्रसारण नगर्न आग्रह

प्रकाशित मिति: 2017-05-03

स्थानीय तहको निर्वाचनका बेला संचारमाध्यमहरुले दिने विषयवस्तुबारे पे्रस काउन्सिल नेपालले अनुगमन गर्ने भएको छ । 

निर्वाचनको आचारसंहिता भित्र रहेर संचारमाध्यमहरुले विषयवस्तु दिनुपर्ने भन्दै चौबिसै घण्टा रेडियो, टेलिभिजन र पत्रपत्रिकाको अनुगमन गर्ने गरी काउन्सिलले छलफल पनि गरेको छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको दुरुपयोग गर्ने प्रबृत्तिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ, निश्पक्षरुपमा सम्पन्न गर्न प्रभावकारी अनुगमन र निगरानी गर्नुपर्ने बताउनुभयो ।

उहाँले विशेष गरी एफएम रेडियो तथा अनलाइनतर्फ काउन्सिल केन्द्रीत भई अनुगमन गरी महिला, दलित र पिछडिएका वर्गको प्रतिनिधित्व हुनैपर्ने संविधानिक सुनिश्चिताले उम्मेदवारको ब्यक्तिगत चरित्र हत्या, लाञ्छना, भेदभाव हुनेगरी प्रकाशन/प्रसारण हुन सक्नेतर्फ सचेत भएर अनुगमन गर्न पनि सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मिडिया कोही कसैप्रति पूर्वाग्रही नहुन र सन्तुलन कायम राख्न संचारमाध्यम र सबै संचारकर्मीहलाई आग्रह पनि गर्नुभएको छ ।

काउन्सिलका उप प्रशासकीय अधिकृत रामशरण बोहराले अनुगमन शुरु भइसकेको र कारबाहीको दायरामा आउने अवस्था नआओस् भन्ने गरी काम गर्न संचारमाध्यमहरुलाई आग्रह गर्नुभयो ।

 

तपाईंको बिचार