उम्मेदवारको आकांक्षीः कोही जानकार, कसैको रहर

के के जान्नुपर्छ उम्मेदवारले ?

प्रकाशित मिति: 2017-04-19
सोबिता रिसाल

अछाम पञ्चदेवल विनायक नगरपालिकाका मेयर प्रत्यासी अम्बीका चलाउनेलाई आफुले जितेपछि गर्नुपर्ने काम, कर्तव्य र अधिकारका बारेमा राम्रोसंग जानकारी छ । आफै पनि कानुन र समाजशास्त्रको विद्यार्थी भएकाले स्थानीय तहले पाएका अधिकार र अधिकार कार्यान्वयनका लागि स्थानीय सरकारले गनुपर्ने कामका बारेमा उहाँलाई जानकारी छ ।

कुनै पनि गाँउ, नगर वा महानगरपालिकाको उम्मेदवार बन्ने हो संविधान अध्यनन गर्न उहाँको सुझाब छ । फेरी सबै उम्मेदवार चलाउने जस्ता पनि छैनन्, कतिपयलाई पार्टीमा आफुले गरेको योगदान र आफ्नो रहरको आधारमा पनि उम्मेदवारी दिने मन छ । 

पाँचथर  फालेलुङ गाउँपालिका प्रमुखको उम्मेद्वार महेन्द्र जवेगुले स्थानीय तहले पाएको अधिकारको बारे जस्ताको त्यस्तै थाहा छैन । केही भने थाहा छ, सिंहदरवारको अधिकार गााउ, गाँउ सम्म पुग्न लागेको यो अवस्थामा आफु गााउपालिका प्रमुख भ एभने गर्न चाही धेरै सक्छु भन्ने उहाँलाई लागेको छ । 

अछाम र पाँचथरका उम्मेदवार जस्तै अहिले २ सय ४६ नगरपाली र ४ सय ८१ गाउँपालीका उम्मेद्वार बन्नेहरुको लर्को छ । कतिले स्थानिय तहको अधिकार कानुनी र संबैधानिक हैसियतको पूर्णतया जानकारी सहित आफुलाई उम्मेदवारमा उभ्याएका छन् केही दलको राजनीति गरेका आधारमा अघि सरेका छन् ।  

नयाँ संविधानले गाउँपालिका र नगरपालिकाका प्रमुखलाई स्थानीय कार्यपालिकाको प्रमुख मात्र होइन, व्यवस्थापिका र न्यायपालिकाको प्रमुखको भूमिका पनि तोकेको छ । असिमित अधिकार सहितको शक्तिशाली कार्यकारी पदमा पुग्ने व्यक्ति त्यत्तिकै शक्तिशाली हुनुपर्नेछ । स्थानीय तहका जानकार श्याम कृष्ण भूर्तेल स्थानीय श्रोत साधन र बिकासको पाटोलाई राम्रोसंग बुझेको, मनमा आँट भएको, नियम कानुन र निति निर्माण गर्न सक्ने व्यक्तिले उम्मेदवारी दिनुपर्ने बताउनुहुन्छ । 

संघियता लागू भएसंगै देशमा तीन तहको सरकार बन्ने छ । केन्द्र, प्रदेश र स्थानीय । गाँउ वा नगरपालिकाको प्रमुखले प्रधानमन्त्री सरहको अधिकार प्राप्त गर्छ । अब हुने स्थानीय तहको उम्मेदवार बन्ने नेताले स्थानीय सरकारको अधिकार देखि आफुले निभाउनुपर्ने कर्तव्य सम्मको बारेमा पर्याप्त जानकारी राख्नुपर्ने हुन्छ ।

श्याम कृष्ण भूर्तेल भन्नुहुन्छ, स्थानीय तहमा जित्नु भनेको सामान्य कुरा होईन, एउटा प्रधानमन्त्री सरहको सम्मान र कार्यभार सम्हाल्नु पर्ने हुन्छ । सभामुख र न्यायधिस बराबरको हैसएत समहाल्न सके व्यक्तिले दाबी गर्दा राम्रो । 

संविधानको धारा २१५ र २१६ मा गाउँपालिका र नगरपालिकामा निर्वाचित हुने उम्मेदवारको योग्यता तोकिएको छ । संविधान अनुसार नेपाली नागरिक, एक्काइस वर्ष उमेर पुगेको, गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश र कुनै कानुनले अयोग्य नभएको व्यक्ति उम्मेदवार बन्न सक्ने उल्लेख छ । 

तर, उम्मेदवारी दिने व्यक्तिले नितिगत बिषय पनि जान्नु अनिवार्य भन्नुहुन्छ स्थानीय तहका जानकार भिम ढुङ्गाना । उहाँले भन्नुभयो, पहिले त उम्मेदवार आफैले कानुनी तथा संबैधानिक बिषय जानेर मात्रै उम्मेदवारी दिएको राम्रो, दोश्रो राजनितिक दल तथा पार्टीले पनि जानकार व्यक्तिलाई उम्मेदवार बनाउदा राम्रो । 

दलले उम्मेदवार उठाउदा, नेताले उम्मेदवारी दिदा वा जनताले नेता चुन्दा नै पनि काम कर्तव्य र अधिकारका बारेमा जानकारी राख्नुपर्नेछ । नत्र संविधानले स्थानीय तहलाई दिएका २२ एकल र १५ साझा अधिकारको प्रयोग कामचलाउ योग्यताको व्यक्तिबाट सम्भव नहुनो विज्ञहरुको तर्क छ ।  

 

तपाईंको बिचार