अकोराब प्रदेश नम्बर ६ को भेला सुर्खेतमा

प्रकाशित मिति: 2017-03-20

सामुदायिक रेडियो प्रसारक संघ अकोराबले प्रदेश नम्बर ६ को भेला आज सुर्खेतको वीरेन्द्रनगरमा गरिरहेको छ । 

अकोराब प्रदेशको संरचनामा गइसकेपछि यस प्रकारको भेला पहिलो पटक गरिएको हो । यसपछि अरु प्रदेशमा पनि भेला गरिंदै जाने तयारी छ ।

प्रदेश ६ बाट अकोराबमा आवद्ध ३३ वटा रेडियोहरु रहेका छन् । यिनै रेडियोहरुको संचालनको अवस्था र अब दीगोपनाका लागि के के गर्न सकिन्छ भन्ने विषयका साथै संरचनामा गएपछि प्रदेशले गर्ने कार्यदेशका बारेमा पनि छलफल हुने प्रदेश ६ का अध्यक्ष रमेश गौतमले जानकारी दिनुभयो । 

भेलाको उद्घाटन अकोराबका अध्यक्ष सुवास खतिवडाले उद्घाटन गर्नुभएको छ । भेलामा वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, महासचिव गोविन्द देवकोटा, कोषाध्यक्ष लक्ष्मण खड्का, निवर्तमान वरिष्ठ उपाध्यक्ष किशोरजंग थापालगायत सहभागी हुनुहुन्छ ।

रेडियोहरुबाट भने अध्यक्ष तथा स्टेशन मेनेजर मध्ये एकजनालाई प्रतिनिधिका रुपमा बोलाइएको छ ।

 

तपाईंको बिचार